३० आश्विन २०८३, शुक्रबार

प्रजातन्त्र दिवसको अबसर पारेर साहित्यीक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf omanओमान । ओमानमा ६६ औ प्रजातन्त्र दिवसको अबसर पारेर साहित्यीक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रवासी नेपाली मंच ओमान अन्तर्गत पर्ने जनसाहित्यीक मञ्च ओमानको आयोजनामा एकदिने कबिता तथा गजल बाचन कार्यक्रम सम्पन्न भएको छ ।

यहि फरवरी २६ शुक्रबारका दिन ओमानको राजधानी मस्कटको मदिना काबुसस्थित हाइयस्ट माउन्टेन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जन साहित्यीक मन्च ओमानका संयोजक नारायण चौलागाईंको रहेको थियो भने कार्यक्रम संचालन पशुपति जि।सीको रहेको थियो ।

नेपाली दूतावासका ओमानका कार्यबाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको विशेष अतिथिमा प्रवासी नेपाली मंच ओमानका अध्यक्ष गगन कार्की, प्रवासी नेपाली मंच युएइका उपाध्यक्ष तथा बर्तमान सचिवालय सदस्य गिरमान थापा मगर रहनु भएको थियो । साथै ओमानमा रहेका अन्य नेपाली संघ संस्थाहरुका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

प्रमुख अतिथि र विशेष अतिथिद्धारा उद्घाटन गरिएको उक्त साहित्यक कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान सहित सहिदहरुको सम्झना गरिएको थियो ।

नेपाली सहित्यको जगर्ने, संरक्षण, सम्बद्र्धन गर्दै साहित्यमा कलम चलाउनहरुको हौसला बढाउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा दिल प्रसाद पौडेल, सुशील पुन,“विरही” अनु पौडेल, बलराम गैरे, कृष्ण भुसाल “प्यासी” रामहरि गिरी, कमल गौतम, योगेश बानु राई, नारायण राज चौलागाईँ, गणेश साही, खेमलाल पाण्डे, राम थापा, लक्ष्मण जंग हमाल, मदन ज्ञवाली, प्रेम भट्टराई, र पशुपति जि।सी लगायतका श्रष्टाहरुले आ–आफ्नो साहित्यीक रचनाहरु प्रस्तुत गर्नु भएको थियो भने सोम कृष्ण श्रेष्ठको रचनालाई कृष्ण भुसाल “प्यासी” द्धारा बाचन गरिएको थियो ।

लिलानाथ कोइरालाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा वक्ताहरुले यस्ता साहित्यीक कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मंच ओमानका अन्य जनवर्गिय संस्थाका संयोजक तथा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

ओमानमा रहेका नेपाली संघ संस्थाहरुले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गरेपनि यस्तो प्रकारको साहित्यीक कार्यक्रम भने पहिलो हो । कार्यक्रममा आफ्ना रचनाहरु प्रस्तुत गर्ने श्रष्टालाई प्रसंशापत्र प्रदान गरिएको थियो