२४ कार्तिक २०८३, मंगलबार

नाकाबन्दी खोल्न भारत बाध्य भयोः पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-Pokheral

– रबिना बोहरा
बागलुङ, १६ फागुन । नेकपा एमालेका स्थायी समिति सदस्य तथा पुर्व सञ्चार मन्त्री शङकर पोखरेलले आर्थिक सामाजिक विकासलाई राजनीतिको एजेण्डा बनाएर अगाडी बढे मात्र मुलुकले निकास पाउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लामो समय राजनितिमा केन्द्रित भएकाले यसलाई परिवर्तन गर्दै विकासका मुद्धाहरुमा राजनितिको बहसलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । पोखरलले संविधानसभाबाट जनताका अधिकारहरु संस्थागत भैसकेको समयमा अब नेपालको राजनितिलाई नयाँ मोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालको अधिकारमुखी राजनीतिलाई विकास र समृद्धिको एजेण्डातर्फ लैजानुपर्ने बताउदैँ नेकपा एमाले समाज रुपान्तरणलाई राजनितिको मुख्य एजेण्डाको रुपमा अगाडी बढाउने पक्षमा पुगेको बताउनुभयो । नेपालको विकासमा सबै भन्दा चुनौतीको बिषय उर्जासंकट रहेकाले एक बर्ष भित्रमा आधारभुत रुपमा उर्जा संकट हल गर्ने र दुई बर्ष भित्र लोडसेडिङ पुर्ण रुपमा अन्त्य गर्ने कार्य योजनाका साथ प्रधानमन्त्री केपी ओली अगाडि बढीरहेको पोखरेलले जानकारी गराउनुभयो ।

नेपालको राजनीतिभित्र विकास प्राथमिकतामा नपरेकाले काम हुन नसकेको बताउदैँ पोखरेलले विकासलाई राजनीतिको मुख्य एजेण्डा बनाउने दिशातर्फ जाँदा नेपाललाई विकसित देशका रुपमा स्थापित गर्न धेरै समय प्रतिक्षा गर्नुनपर्ने बताउनुभयो । संविधान निर्माताको दाबी गर्ने पार्टी संविधान कार्यान्वयनको चरणमा आएर प्रतिपक्ष बन्न नमिल्ने बताउदैँ नेपाली काँग्रेसले आफ्नो महाधिवेशनबाट त्रुटि सच्याएर सरकारको साँझेदार बन्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतले लगाएको नाकाबन्दीले नेपालको पारवाहनको अधिकारलाई अवरुद्ध गर्ने काम भैरहदा पनि नेपालले सन्तुलन कायम गरेकाले नाकाबन्दी खुलाउन भारत स्वयम बाध्य भएको बताउनुभएको थियो ।

नेपाल र भारतको सम्बन्ध प्रशासनिक तहमा मात्र सिमित बन्न पुगेको अवस्थामा प्रधानमन्त्री ओलीको नेतृत्वमा राजनितिक तहमा स्थापित हुनुले सफलता हासिल गरेको पोखरेलले बताउनुभयो ।