१ कार्तिक २०८३, आइतबार

बल्ल घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, १६ फागुन । पछिल्लो समय निरन्तर ओकालो लागेको सुनको भाउ घट्न थालेको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

गत हप्ता १ हजार रुपैयाँले महंगिएको यो सताको पहिलो दिनमै सुन पहिलो दिनमै ५ सय रुपैयाँ सस्तो भएको हो । शुक्रबार सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलाको ५ सय रुपैयाँले महंगिएको थियो ।

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य भने ५५ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।