३१ आश्विन २०८३, शनिबार

दर्शकले मन नपराएपछि ‘खुर्पा’ पर्दाबाट उत्रन सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khurpa Nepali Moviकाठमाडौं । माता पाथिभरा फिल्मस् (प्रा)लिको ब्यानरमा निर्माण भएको फिल्म ‘खुर्पा’को प्रदर्शन सामान्य रहेको रिपोर्टहरू आउन थालेको निर्माण पक्षले दाबी गरेको छ । यो फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो ।

रत्न श्रेष्ठको वितरण रहेको ‘खुर्पा’ले दर्शक तान्न नसकेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । फिल्म ६५ हलहरूमा प्रदर्शन गरेको दाबी गरिएको छ ।

राजधानीको विश्वज्योति, अष्ट नारायण, गोपी, गुण, पृथ्वी र पोखराको बिन्धबासिनीलगायतका हलमा रिलिज भएको फिल्म ‘खुर्पा’ हलबाट उत्रिन थालेको वितरणले जनाएका छन् ।

फिल्ममा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ । विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सहनिर्माता रहेको फिल्ममा सवीन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ । चलचित्र ‘खुर्पा’मा नारी र खुर्पाबीचको सम्बन्ध देखाइएको छ ।

फिल्ममा निरज कुमारको गीत तथा संगीत, समीर मियाँको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य रहेको फिल्ममा कुमार बखतीको छायांकन छ ।