– विजय थापा
वाशिंगटन डिसी । सन् २००४ मा विश्वलाई चकित बनाउदै अद्भुत निहित प्रतिभा देखाउदै नेपाल र नेपालीको शिर उच्च बनाउने प्रथम बिश्व कीर्तिमानी नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट)ले कुराकानी गर्दै भनिन ‘आफूभित्र असाधारण क्षमता छ भन्ने स्वयम् लाई ज्ञान थिएन ।’
उनले बौद्धिक विधा अन्तर्गत अद्भूत स्मरण क्षमता प्रदर्शन गर्दै सन् २००४, मार्च २५ मा गिनिज विश्व किताबमा आफ्नो नाम नेपालको ईतिहास मै सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड्स प्रमाणपत्र प्राप्त गर्न सफल भईन ।
कुराकानीमा १२ वर्ष सम्म हराउनु भयो ? र , कुनै नयाँ कीर्तिमानको लागि केहि मष्तिस्कमा केहि कुराहरु उब्जि रहेका त छैनन् भन्ने सवालमा अमात्यले भनिन आफु एक गृहणी, एक अभिभावक, छोरी, एक उत्तरदायी आमा तथा पत्नी भएको नाताले आफ्नो काममा दत्तचित्त भै रहेको बताईन । ३ वटा छोरीकी आमा पनि बनेकोले ब्यबसाय र यिनै सन्तानलाई ज्यादा समय खर्च गर्ने गरेको छु । र, नयाँ कीर्तिमान गर्न सोच्न नभ्याएको बताइन ।
उनले छ्यासमिस गरि मिसाइएका विभिन्न ७५ वटा वस्तुहरुको नाम एकै पटकमा स्मरण गर्दै तत्कालै ति सबैको नाम दोहोराउन सफल भएकोले विश्व कीर्तिमान कायम गरेकी हुन् । जुन कीर्तिमान यसअघि बेलायती नागरिक जस्टिन हार्डलेले कायम गरेका थिए ।
विदेशी नागरिकको त्यो अद्वितीय विलक्षण मष्तिस्क क्षमतालाई पछार्दै उनले बिश्व कीर्तिमान आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् । हामीसंगको कुराकानीमा उनले भनिन आफु सद्भावाना दूत पनि थिए । आफू विदेश पनि भ्रमण गर्ने गरेकोभन्दै सन् २०११ मा अमेरिकाको हवाईमा एक कार्यक्रममा आफूले तोडेको बिश्व कीर्तिमान जस्तै गरि मनोरंजन हेतु प्रतिभा प्रस्फुटन गर्दा त्यहाँ पनि नाम स्मरण गर्न सफल भए उनले भनिन ।
उनले थपिन त्यो पनि बिश्व कीर्तिमान हुन् सक्थ्यो तर त्यहाँ त्यस्को प्रमाणको पुष्टी गर्न र जुटाउन आफु नलागेकोले कीर्तिमानीमा नाम राख्न चुक्योभन्दा पनि हुन्छ भनिन ।
उनले अगाडि भनिन ब्यबहारका कारण, म बिश्व कीर्तिमानी गर्नको लागि पछाडि मात्र दौडिन सक्ने अवस्थामा छैन । विगत झण्डै डेढ दशकदेखि होटल व्यवसायमा संलग्न छु भनि जानकारी दिइन । तपाई कस्तो विद्यार्थी हो भनि हाम्रो जिज्ञाशामा उनी भन्छिन म साधारण विद्यार्थी हु । मेधावी छात्रामा आफुलाई गन्दिन भनिन । बिद्यालयको प्रथम विद्यार्थी पनि हैन भनिन ।
चितवनमा जन्मिएकी प्रतिष्ठा अमात्य बिष्ट रामपुर कृषि क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहँदासम्म पनि उहाँ सामान्य शैक्षिक स्तर कायम गर्ने छात्राको रुपमा आफूलाई गनिन्थिन् । अध्ययन कै क्रममा संचारमाध्यम टेलिभिजन कार्यक्रम हेरेपछि उनले म पनि यस्तो गर्न सक्छु कि भन्ने मनमा उब्जिएको बताईन ।
मसंग पनि यस्तो स्मरणशक्ति हुनु पर्छ, म पनि विश्व रेकर्ड कायम गर्न सक्छु भन्ने लागेकोले कीर्तिमानी हुन् सफल भएको बताइन । उनले भनिन यसको लागि अहोरात्र मेहनत र अभ्यासमा समय नबिताएको जानकारी गराईन ।
विद्यालय र महाविद्यालयलमा पढ्दा कैयौ शब्दहरुलाई एकैपटक मस्तिष्कमा राख्थे भनिन । बिज्ञानको विद्यार्थी हुनाले अप्ठ्यारो शब्दहरु याद गर्नु पर्ने हुनाले त्यो छिटो याद हुन्थ्यो भनिन । उनले भनिन, प्रारम्भिक चरणमा सबैमा यस्तै प्रतिभा होला भन्ने लागेको हामीसंग बताइन ।
सन् २००२ देखि नै विश्व रेकर्ड कायम गर्ने धुनमा आफू लागि परेको र सन् २००४ को मार्च २५ तारिखमा प्रज्ञा प्रतिष्ठानमा कीर्तिमान गर्न सफल भए भनिन ।
सन् २००४ मा रोयल नेपाल एकेडेमी सभाकक्षमा प्रतिष्ठानका तत्कालीन उपकुलपति मोहन कोइराला र नोबेल एकेडेमीका डा जयराज आर्चायको पहलमा अद्वितीय क्षमता प्रदर्शन गर्ने अवसर पाएको बताइन ।
उनले भनिन लामो प्रतीक्षापछि अन्ततः सन् २००५ मा अमात्यले गिनिज विश्व रेकर्ड्सको आधिकारिक प्रमाण पत्र प्राप्त गरेको बताइन । कुराकानीको शिलशिलामा कान्छी छोरी बैंककमा जन्मिएकी खुलाशा गर्दै अहिले आराम गरेर बसी रहेको बताइन ।
अन्य के मा शौक छ भन्ने जिज्ञासामा उनि भन्छिन ब्यबसायिक रुपमा गायिका नभए पनि शौक र गाउन अभिरुचि भएकोले रुपमा आफु गायन क्षेत्रमा गरेकी बताइन ।
गाउने मात्र नभई शब्द रचना पनि आफुले ले नै गर्ने बताइन । उनले गफिने क्रममा आफू नेपालमै बसेर देशका लागि योगदान गर्न चाहन्छु भनिन । हाल उनी आफ्ना पति संघर्ष विष्टका साथमा ठमेल, लाजिम्पाट, दरबारमार्ग लगायतमा गरी होटल ब्यबसायमा संलग्न छिन् ।
र उनको अर्को गीति यात्रा अल्बम निकालेको छु भन्दै जस्मा ७ वटा गीतहरु रहेको बताइन । आफ्नो शब्द रहेकोले आफुलाई मन पर्ने गीत समेत रहेको भन्दै जुन गित हलीउडमा एल्बम निर्माण गरिएको बताइन । उनले भनिन सम्भवत हलीहुडमा यसरि नेपाली गित पहिलो पटक अल्बम निकाल्न पनि मौका मिलेको बताइन ।
र बिदेशिएका युवा तथा प्रतिभाशालि व्यक्तिहरुलाई केहि संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा उनले भनिन जहाँ भए र जहाँ गए पनि बैयक्तित रुपमा आफूसंग क्षमता छ भने पहिचान गर्नुपर्छ । र ,यसलाई ब्यबहारमा उतार्न सक्यो भने नेपाल र नेपालीको नाम बिश्व सामु चिनाउन कसैले नरोक्ने बताइन ।















प्रतिक्रिया