काठमाडौं, १६ फागुन । संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार चयन गर्न महाभारत भइरहेका बेला अर्को पक्षका निर्विकल्प उम्मेदवार शेरबहादुर देउवा अझै शक्तिशाली बन्न लागिपरेका छन् ।
संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई समेट्न देउवापक्षका नेताहरु लचकता देखाउने बताएका छन् । कांग्रेसभित्र ६०/४० को भागबण्डाको राजनीति भइरहे पनि संस्थापन पक्षभित्र असन्तुष्टि बढी भएपछि यसको फाइदा देउवा पक्षले उठाउन लागेको हो । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
महाधिवेशन सुरु हुने मिति नजिकिसकेको भएपनि संस्थापन पक्षले नेतृत्वका लागि अझै साझा उम्मेदवार तय गर्न सकेको छैन ।
संस्थापनपक्षमा असन्तुष्ट रहेका अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मालगायत नेताहरु देउवा खेमामा गइ ‘क्याम्पेनिङ’ सुरु गरिसकेका छन् ।
देउवा पक्षले संस्थापन पक्षका नेता भनिएका गोविन्दराज जोशी, सूर्यमान गुरुङ, विनयध्वज चन्द, श्याम घिमिरेका साथै कुलबहादुर गुरुङलाई समेत आफ्नो पक्षमा आउन आग्रह गरिरहेको छ ।















प्रतिक्रिया