७ कार्तिक २०८३, शनिबार

एनजिओका कारण दोलखाली जनता पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Plan Internatational NGOकाठमाडौं, १६ फागुन । वैशाख १२ को भूकम्पले घरबारविहीन पीडित कहिले सुरक्षित बास पाइएला भन्ने ध्याउन्नमा छन् । लामो समयदेखि शीतसम्म नथेग्ने अस्थायी टहरामा बस्दै आएका उनीहरुलाई घर कसरी बनाउने भन्ने चिन्ता छ ।

जसोतसो अस्थायी टहरामा बसिरहेका दोलखाको दक्षिणी गाउँ डाँडाखर्कका भूकम्पपीडितलाई एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले राहतका नाममा जबर्जस्ती अस्थायी टहरा बनाउने सामान बाँडेको छ ।

भूकम्पले घरबास भत्काएको ११ महिनापछि कटेरा बनाउन जबर्जस्ती सामान भिडाएपछि उनीहरु खेतीकिसानी मेलो छाडेर कटेरो बनाउन व्यस्त छन् । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

‘प्लान इन्टरनेसनल नेपाल नामक आइएनजिओले कटेरो बनाउनु । नबनाए अन्य राहत र सहयोग रोकिदिनेभन्दै बाँस, त्रिपाललगायत सामान छाडेर गएको छ’, स्थानीय शम्भु केसीले भने, ‘लेकमा मकै छर्ने मेलो छोडेर गाउँमा कटेरो बनाउन लागिपरेका छन्।’

उनका अनुसार डाँडाखर्क गाविसका भूकम्पपीडितका लागि संस्थाले प्रतिपरिवार १२ थान बाँस, त्रिपाल, किलाकाँटी र जिआई पाइपलगायत सामग्री बाँडिरहेको छ ।

केही दिनभित्रमा जस्तापातासमेत दिने आश्वासन संस्थाका कर्मचारीले दिएका छन् ।