७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री चैत ७ गते चीन जाने, तयारी सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी ओलीले चैत ७ देखि चीनको औपचारिक भ्रमण गर्ने लगभग निश्चित भएको छ ।

दक्षिणी छिमेकी भारतको ६ दिने राजकीय भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको एक महिनापछि चीन यात्रा हुन लागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

काठमाडौस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमण मितिबारे मौखिक जानकारी दिइसकेको कुटनीतिक स्रोतले बतायो ।

प्रधानमन्त्री ओली चारदेखि बढीमा पाँच दिन चीन भ्रमणमा रहनेछन् ।

प्रधानमन्त्री काठमाडौंबाट ७ गते सीधै बेइजिङ जाने त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी अघि बढेको जानकारी बेइजिङस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले दिए ।