७ कार्तिक २०८३, शनिबार

बुहारी भित्राउने बाबुआमाको सपना अधुरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Santosh-ranamagarकाठमाडौं, १५ फागुन । धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा ?

छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना पालको दलबहादुर रानाको परिवारमा शुक्रवार बज्रपात भयो ।

कष्ठमण्डप एयरका सहचालक सन्तोषको दुःखद निधनको खबरले काठमाडौ कममा रहेकी उनी आमा मुर्छा परिन् । बुवा दलवहादुर भैरहवा एमालेको कार्यक्रममा थिए ।

२८ वर्षे सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले भने भालक भएपछिमात्रै बिहे गर्ने अडान लिएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

दैवको लीला, न सन्तोष अब चालक बन्नेछन् न त आमाबुबाको चाहना नै पूरा हुनेछ । उनी त भगवानको प्व्यारो भएका छन् सदाका लागि ।

सन्तोषले काष्ठमण्डप एयरमा गत बैशाखदेखि काम गरेका हुन् । उनले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । उनका दाजु बेलायती सेनावाट सेवानिवृत भएकाले उतै बसोबार गरेका छन् ।