काठमाडौं, १५ फागुन । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा विगत चार वर्षयता चढाइएका सामाग्री बिक्रीमा राख्ने भएको छ ।
२०६८ सालदेखि भण्डारमा थन्काइएका विभिन्न कपडा र शृंगार सामग्री सेभिनियर पसल खोलेर बिक्री गर्न लागिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यसका लागि कोषले शनिबारदेखि सामग्री सूचीकृत गर्ने भएको छ ।
कोषले २०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावली बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरकै भण्डारमा राख्दै आएको थियो ।
पशुपतिनाथ मन्दिर तथा गुठी व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले चढाइएका जिन्सी सामग्री मन्दिरको पश्चिम द्वारछेउमा सोभेनिय पसल सञ्चालन गरी बिक्री गर्न लागिएको बताए ।















प्रतिक्रिया