२४ कार्तिक २०८३, मंगलबार

विमान दुर्घटनामा परेका यी नाबालक, जो कालको मुखबाट बाँचे (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biman-accident-kalikot-14

काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्ला जाने क्रममा कालीकोटमा दुर्घटना भएको काष्टमण्डप एयरको विमानमा सवार एक बालकले पुनर्जीवन पाएका छन् ।

११ जना सवार विमानका दुई पाइलट दिनेश न्यौपाने र सन्तोष रानाले ज्यान गुमाएका छन् भने ९ जना घाइते छन् । जसमध्येका एक हुन् यी नाबालक जो दुर्घटनामा परेर बाच्ने भाग्यमानी सावित भए । अर्थात उनले काललाई जितेका छन् ।

दुर्घटनामा परी बालकसँगै यात्रुहरुमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्रीले पनि काललाई जितेका छन् ।

यी नाबालक जगदम्बा खत्रीका छोरा रहेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतले जानकारी दिए । बालकलाई खासै चोट नलागेको उनले बताए । घाइतेहरुको नेपालगञ्ज र पोखरामा उपचार भइरहेको छ ।

उडेको समयमा पंखा विग्रिएपछि पाइलटले खेतमै अवतरण गराउने क्रममा विमान मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।

Biman-accident-kalikotBiman-accident-kalikot-6 Biman-accident-kalikot-5 Biman-accident-kalikot-4 Biman-accident-kalikot-3 Biman-accident-kalikot-2 Biman-Kalikot