ब्राजिल । क्रिश्चियनहरूको पर्व कार्निवल हालै ब्राजिलमा सम्पन्न भएको छ । कार्निवल फेस्टिबलमा रंगीबिरंगी बिकिनी लगाएका साम्बा स्कुलका डान्सरहरूले अदभूत नृत्य प्रदर्शन गरेका छन् ।
त्यस अवसरमा आकर्षक झाँकीहरू पनि निकालिएको थियो । साम्बा स्कुलका डान्सरहरूले कार्निवल समापनलाई अझ रोचक बनाए । कार्निवल पर्व हेर्न करिब संसार भरिबाट सात लाख मानिसहरू ब्राजिल पुगेका थिए ।
रियो दि जेनेरियो कार्निभालमा पुर्तगेली र स्थानीय अफ्रिकी सांस्कृतिक परम्पराको सुन्दर साञ्जस्य देख्न सकिन्छ ।
ब्राजिलको ‘रियो कार्निवल’ ब्राजिलियन संस्कृतिको एक अहम हिस्सा हो । कार्निवलको आयोजन हरेक वर्ष धूमधामका साथ गर्ने गरिन्छ । एजेन्सी
















प्रतिक्रिया