२४ कार्तिक २०८३, मंगलबार

कालिकोटमा दुर्घटनाग्रस्त काष्ठमण्डप एयरको विमानमा को-को थिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kastmandap-Air-1काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ ।

शुक्रबार विहान ११ बजेर ५० मिनेटमा विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानमा ११ जना सवार रहेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।

को–को थिए ?

विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए । जसमध्ये एकको मृत्यु भइसकेको छ ।

यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।

उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको छ ।