२४ कार्तिक २०८३, मंगलबार

कालिकोटमा अर्काे विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kastmandap-Air-1काठमाडौं, १४ फागुन । म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिन नबित्दै शुक्रबार कालिकोटमा अर्काे विमान दुर्घटनामा परेको छ ।

नेपालगञ्ज विमानस्थल स्रोतका अनुसार नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एन ए जे बी विमान कालिकोटको चिलखायमा फोर्स ल्यान्डिङ गरेको हो ।

प्रारम्भिक विवरण अनुसार फोर्स ल्यान्डिङ गर्ने क्रममा पाइलट घाइते भएका छन् । उनको अवस्था गम्भीर छ ।

अन्य यात्रुहरुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन बाँकी रहेको बताए । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा पाइलटसहित ११ जना सवार थिए ।

विमान १२:३० बजे नेपालगञ्जबाट उडेको थियो ।

गत मंगलबार पोखराबाट जाेमसोमका लागि उडेकाे तारा एयरकाे विमान दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको थियो ।