१५ कार्तिक २०८३, आइतबार

सुदूर पश्चिमका विद्यार्थी बजगाईं नेपाल टप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १४ फागुन । फारवेस्ट स्कुल अफ मेडिसिन कञ्चनपुरमा सामान्य चिकित्सा (एचए) का विद्यार्थी लक्ष्मीकान्त बजगाईं नेपाल प्रथम हुनुभएको छ ।

उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका शिक्षण संस्थामा उत्कृष्ट स्थान हासिल गर्नुभएको छ ।

सिटिइभिटीले शैक्षिकसत्र २०७१÷७२ मा सञ्चालन गरेको परीक्षामा कैलाली बलियाका बजगाईंले ८८ दशमलव ९१ प्रतिशत अङ्क ल्याउनुभएको छ ।

उहाँले पहिलो वर्ष ८३ दशमलव ८८, दोस्रो वर्ष ८९ र तेस्रो वर्षमा ९३ दशमलव १६ प्रतिशत अङ्क ल्याउनुभएको हो । सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका बजगाईंले स्कुलबाट छात्रवृत्ति पाएको कलेजका डा नेत्रराज चटौतले बताउनुभयो ।

सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मेका बजगाईंले सरकारी स्कुलमै पढेर मेहनत गरी एचएमा भर्ना भई पढ्नुभएको हो । रासस