१५ कार्तिक २०८३, आइतबार

तस्करी नियन्त्रण प्राथमिकता: डिआइजी नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dig-madhav-nepal

दाङ, १४ फागुन । मध्यपश्चिम क्षेत्रका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले क्षेत्रका १५ जिल्लामा हुनसक्ने विपत् व्यवस्थापनका लागि १२५ सदस्यीय सुरक्षाकर्मीको टोली पायक पर्ने स्थानमा राख्ने तयारी भएको जानकारी दिनुभएको छ ।

मध्यपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी भर्खरै सम्हाल्नुभएका नेपालले दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कारमा विहिवार सो कुरा बताउनुभएको हो ।

त्यसैगरी, उहाँले स्रोतसाधन र जनशक्तिको अभावमा विपत्मा नागरिकले अपेक्षा गरेअनुरुपको सेवा प्रहरीले दिन नसकेको उहाँको भनाइ थियो ।

डिआइजी नेपालले कालोबजारी र तस्करीलाई नियन्त्रण गर्न आफू लागिपरेको समेत बताउनुभयो । “राजस्व ठगी तथा अवैध धन्दा गर्नेहरुलाई मैले छुट दिने छैन, त्यसको निगरानी मेरो पहिलो प्राथमिकता हुनेछ” – नेपालले भन्नुभयो ।

यस्तै, कुनै पनि आवरणमा हुने अपराधका घटनालाई आफूले नछोड्ने उहाँको भनाइ थियो । उहाँले दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को हत्या र बाँकेमा भएका दुईवटा हत्याका घटनाले सफलता पाउने बताउनुभयो । उहाँले कम्तीमा छ महिनाभित्र सिआइबीको सहयोगमा सफलता पाउने अपेक्षा गर्नुभयो । रासस