७ कार्तिक २०८३, शनिबार

यस्तो छ एमाओवादी नेतालाई ठेगान लाउने बाबुरामको मास्टरप्लान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburam

काठमाडौं । माक्र्सवाद र कम्युनिस्ट आन्दोलन नै परित्याग गरेर पूँजीवादी पार्टी गठन गर्ने प्रयासमा रहेका डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा विभिन्न तिक्ड्म सुरु गरेका छन् ।

लामो समयसम्म राज्यकोषको दोहन गरेका, गैरसरकारी संस्था चलाएर मुलुकलाई खोक्रो बनाएका एकाध व्यक्तिलाई समेटेर नयाँ शक्तिको अन्तरिम परिषद् बनाएका डा. भट्टराईले फेरि अर्को चरणमा सल्लाहकार परिषद्को नाममा खेती सुरु गरेका छन् ।

एमाओवादीको नाममा राज्यकोषमा तर मारेका दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा उनले सल्लाहकार परिषद् गठन गरेका छन् । हाँसौं न हो भन्दै धन्दा गर्ने योगी विकासानन्द समेत उनको सल्लाहकार परिषद्मा समेटिएका छन् । नयाँ शक्तिको नाममा जनादेश साप्ताहिकको कम्प्युटर तथा प्रेस सामग्री लुट्नसमेत पछि नपरेको नयाँ शक्तिले सहीद, बेपत्ता, घाइते परिवारलाई समेत नराम्ररी रुवाएको छ ।

अमेरिकाको ग्रीन कार्ड लिएका करिश्मा मानन्धर, सरोज खनाल जस्ता पात्र समेत नयाँ शक्तिको नेता बनिरहेको अवस्थामा उनले पछिल्लोपटक योगी विकासानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा. लक्ष्मीप्रसाद राईलाई सल्लाहकार सदस्य बनाएका छन् । एमाओवादीको नाममा राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पदसमेत पड्काएका क्षेत्री इमान्दार भएपनि कुनै क्षमता र योग्यता भएका व्यक्ति भने होइनन् ।

मुलुक संकटमा परेको बेला फरक विचार भएका पार्टीसमेत मिलेर जानु पर्नेमा आन्दोलनबाट स्थापित भएको पार्टीलाई चक्नाचुर पारेर नयाँ शक्तिको बखान गर्दै हिँडेको भन्दै डा. भट्टराईको चर्को आलोचना मात्रै भएको छैन, उनको गतिविधि राष्ट्रको पक्षमा नभएको समेत बताइन्छ ।

एमाओवादीलाई रातो स्टिकर लागेको घर भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जसरी पनि प्रभावमा पारेर एमाओवादीका नेता तथा कार्यकर्तालाई भ्रष्टाचारको मुद्दा लगाउने प्रपन्चसमेत गरेका छन् । गत फागुन १ गते छोरी मानुषी यमीको विवाहमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बोलाएका थिए । जबकि, ४० वर्षभन्दा बढी सहकार्य गरेका प्रचण्डलाई समेत बोलाएनन् । नेपाली सेनाका सेनापति, भारत र चीनका राजदूतलाई बोलाउन जायज मानेका डा. भट्टराईले एमाओवादीका कुनै पनि नेता तथा कार्यकर्तालाई भने बोलाएनन् ।

सानेपा स्रोतकाअनुसार, डा. भट्टराई नयाँ शक्तिलाई अगाडि बढाउन एमाओवादीका नेतालाई अख्तियार लगाएरै ठेगान लगाउनुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतकाअनुसार, उनले आफ्नी पत्नी हिसिला यमीमार्फत भारतको खुफिया एजेन्सीका उच्च अधिकारीसँग अनाधिकृत रुपमा भेटघाट गर्ने गरेका छन् ।

नेपालको संविधान बनाएको जस लिएर अगाडि जानुपर्नेमा सबै दल पुराना भए भन्दै उनले नयाँ शक्तिको बखान गर्न थालेका थिए । अन्य राजनीतिक दलका कुनै पनि नेता तथा कार्यकर्ता नआएपछि एमाओवादीका नेता तथा कार्यकर्ता चोरेर सोही पार्टीको एउटा गुट निर्माण गर्न उनी लागेका छन् । राज्यकोषमा ब्रह्मलुट मच्चाएका, ग्रीन कार्ड होल्डर तथा विगतमा गरेको भ्रष्टाचारबाट जोगिन नयाँ शक्तिको आडमा केही पूर्वप्रशासक तथा कर्मचारीसमेत लागेका छन् ।

अख्तियारबाट बच्न त्यता लागेको भए पनि अख्तियारले भने सबै पूर्वप्रशासक र कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताउँदै आएको छ । जनआह्वान साप्ताहिकमा खबर छ ।