१ कार्तिक २०८३, शनिबार

अमिताभ बच्चनको मृत्यु ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitabh-bachhan

मुम्बई । बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो ।

यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्ततः अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।

amitb

त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह, गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए ।

त्यस्तै, रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका सिकार भएका छन् । (नयाँ पत्रिकाबाट)