३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको जनसम्पर्क समितिमा विवाद, संस्थाको हितमा काम गर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anand bistaन्यूयोर्क । नेपाली जनसम्पर्क समिति, अमेरिका एकपटकफेरि आन्तरिक विवादमा तानिएको छ ।

मातृपार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सात जना महाधिवेशन प्रतिनिधि चयन गरी समितिका सभापति आनन्द विष्ट नेपाल उडेपछि समितिभित्रका केही पदाधिकारीहरुले विष्टले विधि, विधान विपरित प्रतिनिधि चयन गरेको आरोप लगाएर वक्तव्यबाजी गरेपछि समितिको विवाद सतहमा आएको हो ।

गतवर्ष नोभेम्वरमा टेक्सासको डाल्लासमा एकताको अधिवेशन सम्पन्न भएसंगै विवाद अन्त भएको समितिका नेताहरुको भनाई रहँदै आएको थियो ।

तर अहिले प्रतिनिधि चयनको विषयलाई लिएर वक्तव्यवाजी हुँदै असन्तुष्ट पक्षले अर्को लिष्ट सार्वजनिक गरेपछि अमेरिकाका कांग्रेसीहरु कहिल्यै नमिल्ने भए भन्ने टिप्पणी सुन्न थालिएको छ ।

असन्तुष्ट पक्षले सभापति विष्टले आफूखुशी निर्णय गरी प्रतिनिधि चयन गरेर नेपाल उडेको र केन्द्रीय समितिमा अनुमोदन समेत नगराएको आरोप लगाएको छ ।

तर समितिकै उपसभापति समेत रहेका प्रतिनिधि छनौट समितिका एक सदस्य केशब बराल भने यस्तो आरोपमा कुनै सत्यता नभएको जवाफ दिनुहुन्छ । प्रतिनिधि छनौट समितिले गरेको निर्णयलाई केन्द्रीय कार्य समितिको अत्यधिक बहुमत सदस्यहरुको समर्थन छ ।

यदि कसैलाई समितिको निर्णयप्रति चित नबुझेमा कार्यसमितिका बहुमत सदस्यको समर्थन लिएर लिखित रुपमा बैठक डाक्न पाउने र छलफल गर्न पाउने सबैमा अधिकार छ ।

सैयौं उपयुक्त साथीहरुबाट सात जना प्रतिनिधि छनौट गर्ने कुरा आफैमा अत्यन्त कठीन काम हो । अब आउने १४ औ अधिबेसनका लागि प्रतिनिधि छनौट कार्य कार्य समितिको निर्वाचनसंगै हुनु जरुरी देखिएको छ ।

बरालका अनुसार,सभापति विष्टले समितिको विद्यमान विधानमा आफुलाई दिएको अधिकार प्रयोग गरी छनौट समिति बनाएर काम गरेका छन् |

‘यसमा विष्टलेविधि,विधान मिचेको भन्नेहरुलाई एकपटक विधानको दफा २३(एफ) हेर्न म आग्रह गर्दछु | विधानमा प्रष्ट भनिएको छ,’केन्द्रीय सभापतिले नेपालमा आवद्धता रहेको मातृपार्टीको अधिवेशनमा प्रतिनिधि चयन गर्न पूर्व सभापति एवं अधिवेशन तयारी समितिका पूर्व संयोजक र अरु थप तीन जना सदस्य सहितको पाँच सदस्यीय समिति गठनगर्नेछन् |’

यही विधानले दिएको अधिकारलाई प्रयोग गर्दै विष्टले  आफ्नै संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरे | समितिमा पूर्व संयोजक विष्णु सुवेदी,उपसभापति केशब बराल र सल्लाहकारद्वय मुकुन्द ढुंगाना र हरिनारायण सापकोटालाई सदस्य मनोनित गरेर विष्टले छनौट समितिको काम अगाडी बढाए |

सदस्य केशब बरालले दिनु भएको जानकारी अनुसार, सभापति विष्टकै आग्रहमा समितिले फेब्रुअरी १६ मा च्याप्टर सभापति,फेब्रुअरी १७ मा सल्लाहकार समिति रफेब्रुअरी १८ मा केन्द्रीय समितिसँग तीन दिन लगातार छुट्टाछुट्टै कन्फरेन्स कल बैठक सम्पन्न गरेको थियो |

‘अहिले विवाद सिर्जना गर्ने पदाधिकारीहरु स्वयम् बैठकमाहुनुहुन्छ | त्यसको प्रमाण मसँग सुरक्षित छ |

च्याप्टर सभापतिसँगको बैठकमा हामी २३ जना सहभागी थियौं जुन दिन हामीले १,९१६ मिनेट समय छलफल गरेकाछौं,भोलिपल्ट १७ तारिखको सल्लाहकार बैठकमा हामीले २५ जनाका बीचमा १,७५१ मिनेट छलफल गरेका छौं,अनि १८ तारिखको केन्द्रीय समितिको बैठकमा हामीलेयसै विषयमा ३६ जनाको बीच २,९०५ मिनेट समय छलफल गरेका छौं |

यसको रेकर्ड हामीले पार्टी कार्यालयमा बुझाएका छौं,अभिलेख सार्वजनिक गर्न म आफैंलेबैठक संयोजन गरेको हुँदा मलाई कुनै आपत्ति छैन |