१५ कार्तिक २०८३, आइतबार

बैतडीमा नयाँ शक्तिको अर्को शाखा गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiबैतडी, १४ फागुन । नयाँ शक्ति नेपालले बैतडीमा पनि अन्तरिम जिल्ला परिषद् गठन गरेको छ ।

बिहीबार गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा सम्पन्न भेलाले कृष्णप्रसाद बडूको संयोजकत्वमा ४३ सदस्यीय अन्तिरिम जिल्ला परिषद् घोषणा गरेको हो ।

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश नं ७ का संयोजक लीला भण्डारीको प्रमुख आतिथ्य तथा अन्तरिम केन्द्रीय सचिवालय सदस्य कविता तिमल्सिना, युवा सङ्गठनका ७ नं प्रदेश संयोजक राजेन्द्र भण्डारीलगायतको सहभागिता रहेको भेलाले सहसंयोजकमा रामसिंह भण्डारीलाई चयन गरेको छ ।

यस्तै, उक्त भेलाले धीरेन्द्रबहादुर बमको संयोजकत्वमा २५ सदस्यीय जिल्ला युवा सङ्गठन गठन गरेको छ । सहसंयोजकमा प्रेमसिंह भण्डारी रहनुभएको छ । क्षेत्रीय संयोजकमा क्षेत्र नं १ मा देवदत्त पन्त, क्षेत्र नं २ मा रामसिंह भण्डारीलाई चयन गरेको जिल्ला संयोजक बडूले जानकारी दिनुभयो ।

भेलाले विभिन्न जनवर्गीय सङ्गठन पनि विस्तार गरेको छ । शिक्षक सङ्गठनमा मदनबहादुर चन्द, किसानमा बुद्धिबल्लभ धानुक, दलितमा धनीराम ओड, महिलामा गङ्गा ठगुन्ना, स्वास्थ्य विभागमा प्रकाश मडै र विद्यार्थीमा मदनबहादुर विष्टलाई संयोजकको जिम्मा दिइएको छ ।

पहिलो पटक बैतडीमा गठन भएको नयाँ शक्ति नेपालले आगामी दिनमा सङ्गठन विस्तार एवम् प्रचारप्रसार तथा जनचाहना बमोजिम अघि बढ्ने जिल्ला संयोजक बडूले बताउनुभयो । रासस