२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसले कसरी गर्दैछ महाधिवेशनको तयारी ? किन भएन पत्रकार सम्मेलन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन छ दिन मात्रै बाँकी रहेका बेला तयारीलाई लिएर प्रतिनिधिहरूले चिन्ता जनाउन थालेका छन् ।

महाधिवेशन सर्ने हल्ला पनि नचलेको होइन । तर महाधिवेशन फागुन २० गतेदेखि सुरू हुने कांग्रेसले जनाएको छ । तयारीका विषयमा कांग्रेसले अहिलेसम्म औपचारिक रुपमा जानकारी दिएको छैन । महाधिवेशन आउन छ दिन बाँकी रहँदा पनि कहिले पत्रकार सम्मेलन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूले केही बताउन सकेका छैनन् ।

महाधिवेशनको तयारी निकै सुस्त बनेको पनि आरोप छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलसहित सबै शीर्ष नेताहरू महाधिवेशनबाट सभापति बन्ने ध्याउन्नमा केन्द्रित भएपछि तयारीलाई तीव्रता दिन नसकिएको हो ।

कांग्रेसको विधान संशोधन मस्यौदा पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत हुन सकेको छैन । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पौडेलको डिजाइनअनुसार आएको पदाधिकारी थप्ने प्रावधानसहितको विधान अस्वीकार गर्ने बताएपछि विवाद चर्किंदै गएको छ ।

विवादका कारण मंगलबार र बिहीबारको बैठकमा विधान मस्यौदा समितिका संयोजक आनन्दप्रसाद ढुंगाना नै उपस्थिति भएनन् । केन्द्रीय समतिको अर्को बैठकमा उनले मस्यौदा प्रस्तुत गर्ने बताइएको छ ।

संस्थापन पक्षले पदाधिकारीको संख्या बढाउन खोजेका छन् भने देउवा पक्षले आपत्ति जनाउँदै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

नीति तथा कार्यक्रममाथि समेत छलफलको समय कम भएको उनीहरूको भनाइ छ । कांग्रेस एक केन्द्रीय सदस्यले तयारी लथालिंग अवस्थामा पुगेको भन्दै १३औं महाधिवेशन कामचलाउ मात्रै हुनेजस्तो देखिएको बताए ।

महाधिवेशनका लागि गठित आवास तथा भोजन समितिले शुक्रबार बिहानसम्म पनि प्रतिनिधि राख्न आवासको व्यवस्था गर्न सकेको छैन । समितिले अहिलेसम्म प्रतिनिधि राख्न होटलसमेत बुक गरेको छैन ।

अर्थ समितिले बजेट उपलब्ध नगराउँदा सो काम रोकिएको आवास समितिका संयोजक बलबहादुर केसीले बताएका छन् । अर्थ समितिबाट चेक प्राप्त भए आज (शुक्रबार) नै होटल बुक गर्ने केसीको भनाइ छ ।