वाशिंगटन डिसी । अमेरिकामा बसोबास गर्दै आइरहेका गायक सरोज अधिकारीको दोश्रो एल्बम भावना चाडै नै बजारमा आउने भएको छ ।
२०६६ सालमा आफ्नो पहिलो प्रभाव नामक एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा आज धेरै भन्ने बोलको गीत टेलिभिजन, रेडियो अनि संचारमाध्यमहरुमा चर्चामा रहेको थियो ।
एल्बमलाई काठमाडौंमा रेकर्ड्सले बजारमा ल्याउन लागेको हो । यसमा ५ वटा गीत छन । गायक अधिकारीले ३ वटामा शब्द तथा संगीत पनि आफैले दिएका छन् ।
२ वटामा प्रकाश बश्याल र उर्मिला ढकालको शब्द तथा संगीत रहेको छ ।
अमेरिकाको टेक्सासका विभिन्न ठाउँमा खिचिएको भिडियो एल्बममा मनन सापकोटा,सुष्मा बोगटी अनि मुख्य बैज्ञानिकको भूमिका भने गायक आफै देखिएका छन् ।















प्रतिक्रिया