७ कार्तिक २०८३, शनिबार

अर्थ मन्त्रालयले भूकम्पपीडितहरूलाई असहयोग गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Artha Mantralayaकाठमाडौं, १४ फागुन । अर्थ मन्त्रालयले बजेट नदिएपछि भूकम्पपछिको पुनर्निर्माणका काम रोकिएको छ ।

अर्थ मन्त्रालयले बजेट नदिएकै कारण १२ फागुनबाट दोलखाको सिंगटीमा स्रोत केन्द्र स्थापना गरी सरकारले घोषणा गरेको अनुदान रकम वितरण सुरु गर्ने कार्य रोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोलखा नै पुगेर घोषणा गरेका थिए ।

‘१२ फागुनदेखि सिंगटीमा स्रोत केन्द्र स्थापना गर्ने र पहिलो चरणको अनुदानवापतको ५० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम थियो तर रोकिएको छ’, प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने, ‘बजेट पनि आइसकेको छैन, सीइओ पनि भारत भ्रमणका क्रममा जानुपरेकाले नभएको हो।’

प्राधिकरणका सीइओ ज्ञवालीले बिहीवारको संसदलको सामाजिक तथा मानव अधिकार समितिमा २० फागुनभित्रै दोलखाबाट स्रोत केन्द्र स्थापना गर्ने र अनुदान विवरण सुरु गरिने बताएको समाचार राजधानी दैनिकले छापेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा उल्लिखित ७४ अर्ब रुपैयाँ बराबरको बजेट अर्थ मन्त्रालयसंग मागेको छ । तर अझैसम्म पाएको छैन ।