१ कार्तिक २०८३, शनिबार

डिकेशकी दुलही बनिन पूर्व मिस नेपाल जेनिशा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dikesh-Jinesha

काठमाडौं । पूर्व मिस नेपाल जेनिशा मोक्तान दुलही बनेकी छिन् ।

बुधबार पारिवारिक जमघटकामाझ उनले काठमाडौंको होटल सांग्रिलामा ब्यवसायी डिकेश मल्होत्रासँग लगनगाँठो कसेकी छिन् । डिकेश चर्चित ब्यवसायी दिपक मल्होत्राका छोरा हुन् ।

जेनिशा लामो समयदेखिको डिकेशको प्रेममा थिइन् । विवाह समारोहका आफन्तका साथै नजिकका फिल्मकर्मीहरुको उपस्थिती थियो ।

मोडलिङबाट उदाएकी सन् २०१० कि मिस नेपाल जेनिशा डिकेशसँग प्रेममा परेपछि ग्ल्यामर फिल्ड छाडेकी थिइन । उनले मेरो ‘एउटा साथी छ’ फिल्मका साथै केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।