– लिला गिरी
(नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज)
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज लिला गिरी यो जिल्लाका पुराना, समाजसेवी र सबैलाई समन्वय गरेर अगाडि बढ्ने नेताका रुपमा चिनिन्छन् । पार्टीका विभिन्न तहका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्दै अहिले केन्द्रीय सदस्य तथा जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहेका नेता गिरी सित गरिएको कुराकानीको अंशः
भैरहवाको जनप्रदर्शन किन ?
मुलुकमा ७० वर्ष लामो लडाईपछि जनता पूर्ण रुपमा सार्वभौम सत्ता सम्पन्न भएका छन् । जनताका प्रतिनिधिले पहिलोपटक आफ्नो संविधान आफै बनाउन पाएका छन् । यो हाम्रो लागी गौरवको कुरा पनि हो । राजनीतिक अधिकारका लागि लडिएका सबै लडाईहरु बल्ल सार्थक भएका छन् र अधिकार प्राप्तिको आन्दोलन पनि यो संगै पूरा भएको छ । अबको हाम्रो लडाई मुलुकको समृद्धिका लागि हुने कुरा निश्चित छ । यसै सन्दर्भमा हाम्रो सफलतामा केही शक्तिहरु तथा व्यक्तिहरु यस परिवर्तनको परिवेशबाट खुसी छैनन् । र यो परिवर्तनको अवस्थाबाट जनताको ध्यान अन्यत्र लैजान चाहन्छन् । यसै परिस्थीतिमा आम जनसमुदाका बीचमा हाल सम्मका उपलब्धीको चर्चा गर्दै आगमी दिनमा मुलुकलाई अगाडि बढाउने सन्दर्भमा सरकारको भूमीका, उसका योजना जनताका पक्ष कार्यन्वयनको उद्घोष गर्न फागुन १४ गतेको भैरहवामा हामी विशाल सभाको आयोजना गरेका हौं । हामी सामाजिक सद्भाब र एकता सहितको राष्ट्रियताका लागि सबै आम जनसमुदायलाई साथमा लिएर यो अभियानमा जुटेका छौं । यो सभा सामाजिक सद्भाव कायम राख्न, सामाजिक एकतासहितको राष्ट्रियतालाई अझ बलियो बनाउन र समग्रमा समृद्ध मुलुक निर्माणका लागि जनसमुदाय सामु प्रतिबद्धता दोहोराउन गरिएको हो । यो कुनै पनि समूह, पक्ष वा दलका विरुद्धमा होइन, यो आम जनताको हितका पक्षमा, राष्ट्रिय स्वाभिमान र स्वाधीनताका पक्षमा हो । हामी सबैलाई समेटेर समृद्ध मुलुक निर्माणमा हातेमालो गरेर हिंड्न चाहन्छौं । त्यसैको उद्घोष गर्न, सहकार्यका लागि अपिल गर्न र एमालेका खास एजेण्डाहरुका बारेमा जानकारी गराउन यो अञ्चलस्तरीय सभाको आयोजना गरिएको हो ।
सभामा को–को आउदै हुनुहुन्छ ?
यस सभामा हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष तथा मुलुकका सम्मानीय प्रधानमन्त्री के.पी शर्मा ओली पार्टीका महासचिव उपमहासचिवहरु सचिवहरु पार्टी स्थायी कमिटीका सदस्य कमरेडहरु यस अञ्चलनमा जिम्मेवारी पाउनु भएका केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलगायत स्थानीय कमिटीको जिम्मेवारीमा रहनुभएका कमरेडहरुको अगुवाईमा लाखौं जनसमुदाय यस लुम्बिनी अन्चलका ६ वटै जिल्लाबाट सहभागी हुने योजना रहेको छ । यो कार्यक्रमका लागि जनसमुदायमा एउटा उत्साह र आशाको पनि सञ्चार भएको छ । एमालेकै नेतृत्वमा ०६२ मंसिर ४ गते बुटवलमा सम्पन्न भएको ऐतिहासिक सभाले जसरी ०६२÷०६३ को आन्दोलनको जगको काम गरेको थियो त्यसैगरी अहिले संविधान जारी भएपछि समृद्धिको अभियानको नेतृत्व पनि एमालेले नै गर्ने छ भन्ने स्पष्ट सन्देश दिन यो जनप्रदर्शनको तयारी गरिएको हो । एमालेको सिड्डो नेतृत्व एकताबद्ध र एकढिक्का भएका बेलामा पनि एमालेमा गुटबन्दी भयो, नेतृत्व एकताबद्ध भएन भन्ने जस्ता कुरा पनि बाहिर आइरहन्छन् । यसलाई चिर्न र पार्टी नेतृत्व समग्रमा एकढिक्का रहेको कुरा प्रष्टाउन पनि यो सभा एउटा महत्वपूर्ण माध्यम बन्ने छ । पार्टी नेतृत्व र जिम्मेवारीमा रहनुभएका विभिन्न तहका कमरेडहरु यो सभामा आउनुहुने छ ।
आमसभाको खास उद्देश्य के हो ?
मैले माथि नै संक्षेपमा भनिसकें पनि । खासमा संविधान निर्माण पछिको अबको चरण भनेको विकास निर्माणको, समृद्धिको र समुन्नतिको हो । अब हामी सबै पछाडि परेको मुलुकका बासिन्दाका रुपमा रहिरहन सक्तैनौं । हामीकहा“ रहेका अपार सम्पदाहरुको सदुपयोग गर्दै, औद्यँेगिक क्रान्ति गर्नु छ, आर्थिक सबलीकरण गर्नु छ, स्वरोजगार, रोजगार र अवसरहरुको सिर्जना गर्नु छ र समग्रमा सबै जनताहरु मिलेर मुलुकको पुनर्निर्माणमा जुट्नुपर्ने बेला आएको छ । यो बेलामा आपसमै लड्ने, सद्भाव विथोल्ने र भड्काउ सिर्जना गर्ने होइन कि सबै जनताहरु मिलेर देश निर्माणका लागि जुट्नुपर्छ भन्ने स्पष्ट सन्देश दिन यो सभाको आयोजना गरिएको हो । विगतमा ०६३।०६३ मा बुटवलमा हामीले मुलुकभरी निरंकुश राजतन्त्रकाविरुद्ध सर्वदलीय आन्दोलन गरी रहँदा जनताको खास सहभागीता हुन नसकेको सन्दर्भमा नै एमालेले ०६२ मंसिर ४ गते बुटवलमा एकल आम सभाका तैयारी गरेको थियो । जुन ऐतिहासिक र मानव सागरमय भयो । र अहिले मुलुकमाझ जारी भएको संविधान कार्यन्वयन गर्ने चूनौतिपूर्ण अवस्था छ । संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणका लागि जुट्नु छ । मुलुकमा पछि परेका सिंगो महिला दलित, मधेसी, जनजाति, थारु, अल्पसंख्यक, पिछडिएका क्षेत्रका समुदाय र समग्रमा वर्गीय जनताको अवस्थामा माथि उठ्ने राष्ट्रको प्रगति हुने लक्ष्यका साथ हामी अभियानमा छौं । एमालेको चाहना समृद्ध मुलुक सुखी र खुशी नेपालीको कामना नै हो ।
असन्तुष्ट समुदाय पनि छन्, तिनीहरुको उपस्थिति कत्तिको होला यो सभामा ?
मलाई यस जिल्लामा लामो समय देखी काम गर्ने अवसर मिल्यो । यसबाट मलाई के लागेको छ ने मधेसका जनता वास्तवमा राज्यको पहुँचबाट बाहिर थिए । यसैका लागि मुलुकमा राजनीतिक परिवर्तन भएको हो यो विषयमा मधेसका आम जनसमुदाय भ्रमममा छैनन् । केही भ्रम सिर्जना गर्न खोजिएको भएपछि त्र्यौ विस्तारै हट्दै छ । तसर्थ हाम्रो यो विशाल प्रदर्शनमा मधेसी समुदायका जनताको व्यापक उपस्थिीति हुने कुरा प्रस्टै छ । अब हामी संविधानलाई सफल कार्यन्वयन गर्ने तर्फ लाग्न सकेनौं भने भावी पुस्ताहरु फेरि समृद्धिका लागि लड्नुपर्नेमा अधिकारकै लागि लड्नुपर्ने अवस्था आउने छ । अब त हामीले राजनीतिक अधिकारको एउटा चरण नै पार गरिसक्यौं । अधिकारको सुनिश्चितता त संविधान जारी भएसंगै भइसक्यो । मौलिक अधिकार र संविधानको प्रस्तावनामै स्पष्ट उल्लेख भइसकेका छन् । यो संविधान वास्तवमै दुनियाको कुनै पनि संविधान भन्दा उत्कृष्ट छ । समावेशी छ । यो संविधानले पछाडि पारिएका समुदायलाई मुलधारमा ल्याउन समग्रमा मुलुक निर्माणमा हातेमालो गर्न आह्वान पनि गरेको छ । संविधान गतिशिल र राजनीतिक समझदारीको साझा दस्तावेज भएकाले यसलाई समयक्रममा परिमार्जन पनि गर्न सकिन्छ । अहिलेलाई संविधानमा रहेका अधिकारहरु उपयोग गर्नेतर्फ नै लाग्न जरुरी छ । समयाअनुकुल र आवश्यक परेका बेलामा प्रक्रिया पूरा गरी जनताकै हितका लागि यो संविधान जतिबेला पनि परिमार्जन गर्न सकिने व्यवस्था सुरक्षित छँदैछ । कसैको लहलहैमा लागेर अझै पछि पर्ने कुरा कदापी स्वीकार्य हुनसक्तैन् । मुलुकको अखण्डता, स्वाभिमान र स्वतन्त्रता जोगाई राख्न र सामाजिक सद्भाव तथा एकतालाई टुट्न नदिन हामीले जुन अभियान चलाएका छौं यो अभियान हाम्रो अर्थात एमालेको मात्रै नठानेर मुलुकको हितको ठानेर सहकार्यमा आउन सबैलाई फेरि पनि अपिल गर्दछु । संविधानको अन्तरवस्तु बुझ्न फागुन १४ गतै भैरहवा आउनुस् ।












प्रतिक्रिया