१५ कार्तिक २०८३, आइतबार

महाधिवेशनको मिति सर्दैन, तोकिएको समयमा हुन्छ : कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले १३औँ महाधिवेशनको समय कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले महाधिवेशन सर्ने विषयमा आएका हल्लाबारे राखेको जिज्ञासामा कार्यबाहक सभापति पौडेलले महाविधेशन नसर्ने बताउनु भएको हो ।

‘महाधिवेशन कुनै पनि हालतमा सर्दैन’, पौडेलको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले भन्नुभयो, ‘फागुन २० गतेदेखि महाधिवेशन सुरू हुन्छ । सोहीअनुसार तयारी भएको छ । हल्लाको पछि नलाग्नुस् ।’

कांग्रेसको महाधिवेशन फागुन २० देखि २३ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको चौधरीले बताउनुभयो ।