– विमल योगी
काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १३ औं महाधिवेशनका लागि नयाँ डिजाइनमा पोस्टर (प्रचार सामग्री) बनाउने भएको छ ।
विहीबार दिउँसो बसेको केन्द्रीय पदाधिकारी बैठकमा केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महाधिवेशनका लागि नयाँ डिजाइनको पोस्टर प्रस्ताव गरेका छन् ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीका अनुसार रिजालले प्रस्तुत गरेको नयाँ डिजाइन पोस्टरमा माथि स्वर्गीय सभापति सुशील कोइरालाको फोटो हुने र तलतिर कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाको फोटो राख्ने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावमा कुनै निर्णय नभएपनि सबै पदाधिकारीले मौन सहमति जनाएका छन् । चौधरीका अनुसार कुनैपनि पदाधिकारीले रिजालको नयाँ डिजाइनको पोस्टर बनाउने प्रस्तावमा बोलेनन् । जसको अर्थ मौन स्वीकृत भन्ने हुन्छ ।
उक्त पोष्टरमा कांग्रेसले तय गर्ने नारा र केही शब्दहरू पनि राखिनेछ ।












प्रतिक्रिया