२४ कार्तिक २०८३, मंगलबार

संयुक्त विज्ञप्तिबारे भारतले भन्यो ‘नो कमेन्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-swaraj-l

काठमाडौ, १३ फागुन । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएकी छिन ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन, ‘यो भ्रमणले नेपाल भारतवीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको छ ।’

स्वराजले भारत नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने पक्षमा रहेको भन्दै नेपालमा जारी भएको संविधानको पहिलो संसोधन सकारात्मक भएकोले अरु विषयहरु समाधान गर्दै अब नेपाल विकास र समृद्धिको बाटोमा जानुपर्ने सुझाव दिईन ।

rishi

उनले भनिन, ‘केही विषयहरु बाँकी रहे संबाद, सहमति र सहकार्यबाट अघि बढ्नु पर्छ । हाम्रो त सद्भाव मात्रै हो । नेपालको समस्या नेपालीहरुले नै मिलाउने हो । त्यसो भए नेपाललाई राजनीतिक स्थायीत्व र त्यसपछि विकासको बाटोमा अघि बढउन सहयोग हुन्छ । त्यतातिर अब लाग्नुपर्छ ।’

जोईन्ट स्टेटमेन्ट नआएको विषयको जिज्ञासामा नो कमेन्ट भनेकी उनले आफूले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको बताईन ।

अर्थात स्वराजले संयुक्त विज्ञप्तिबारे नबोल्ने अडान लिएकी हुन् । स्वराजले नेपालको भूकम्पपछिको पुर्ननिर्माणमा भारतले सक्दो सहयोग गर्ने भन्दै अहिले भारतको चाहना नेपालको विकास मात्रै रहेको बताईन ।