१५ कार्तिक २०८३, आइतबार

अरुको एटीएम कार्ड प्रयोग गरी पैसा चोर्ने नबिल बैंककी महिला गार्ड पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

atmकाठमाडौँ, १३ फागुन । अरुको एटीएम कार्ड प्रयोग पैसा चोरी गर्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर चोकमा रहेको नबिल बैङकको एटीएम शाखामा सेक्युरिटी गार्ड गर्ने नुवाकोट चतुराले–४ घर भई म्हेपि बस्ने २३ बर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले अरुको एटीएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैया निकाली चोरी गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।