१५ कार्तिक २०८३, आइतबार

काँग्रेस महाधिवेशनमा १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने भएका छन् ।

महाधिवेशनमा अमेरिका, स्पेन, डेनमार्क, बेल्जियम, भारत, हङकङ, मकाउ, अस्ट्रेलिया, बेलायत, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, पोर्चुगल, जापान, नेदरल्यान्ड, दक्षिण कोरिया र जर्मनी गरी १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

“भारतबाट १४ र अरू १६ मुलुकबाट सातजना गरी १२६ महाधिवेशन प्रतिनिधिले यसपटक भाग लिनेछन्, जन सम्पर्क समितिका अधिवेशन सम्पन्न हुने क्रम चलिरहेको छ, फागुन १५ गतेसम्म अधिवेशन सकी २० गते अगावै विदेशस्थित समितिका महाधिवेशन प्रतिनिधि नेपाल आइपुग्ने छन्”–सचिव पराजुलीले भन्नुभयो । रासस