
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भारतले राजकीय सम्मान दियो । जो विरलै राष्ट्रप्रमुखले पाउँछन् ।
ओलीअघि भुटानका राजा थिम्पुले यस्तो सम्मान पाएका थिए । भारतबाट राजकीय सम्मान पाउने ओली नेपालका दोस्रो प्रधानमन्त्री पनि हुन् । यसअघि कृष्णप्रसाद भट्टराईलाई भारतले राजकीय सम्मान दिएको थियो ।
नेपाल–भारत सम्बन्ध सुधारका लागि ओली फागुन ७ गते दिल्ली गएका थिए । तर, भ्रमण सकिदा दुई देशको संयुक्त विज्ञप्ति नआएपछि सम्बन्ध सुध्रिन नसकेको चर्चा सुरु भएको छ ।
साथै ओलीलाई भारतले किन राजकीय सम्मान दियो भन्ने प्रश्नले पनि राजनीतिक बजार गर्माएको छ ।
यो प्रश्नको जवाफ दिँदै राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले हिजो भारतको हितमा काम गरे बापत प्रधानमन्त्रीलाई राजकीय सम्मान दिएको दाबी गरेका छन् ।
उनले पञ्चेश्वर, महाकाली सन्धी पास गराउनमा अहम भुमिका खेलेको कारणले सैनिक सम्मान दिएको आरोप लगाएका छन् । राष्ट्रबादी अडान लिएकाले यस्तो सम्मान नपाउने उनको ठोकुवा छ । उनले भने– आजको सम्मानसंग ओलीको अतित जोडिएको छ । भारतले जलबिद्युतको बिकासको लागि हात हालेको होइन यहाँ अरु देशले नओगटोस भन्ने हेतुले हो ।’
हेर्नुस् दमदार राजीतिक विश्लेषण भिडियोमाः
https://www.youtube.com/watch?v=9BoRo4UT8a0
https://www.youtube.com/watch?v=u3KThUNhofk












प्रतिक्रिया