१ कार्तिक २०८३, शनिबार

जेल बाहिर निस्किदै सञ्जय दत्तले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay-Datt

मुम्बई । अवैध हतियारको कारोवार गरेको अभियोगमा जेल परेका बलिउड अभिनेता संजय दत्त विहीबार बिहान रिहा भएका छन् ।

सन् १९९३ को मुम्बई बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए । दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो । उनी पुणेस्थित यारवडा जेलमा कैद थिए ।

बिहीबार बिहान जेलमुक्त भएपछि संजयले आफू कैद भएको यरवडा जेललाई सलाम ठोक्दै ठूलो झोला बोकेर निस्केका थिए । उनलाई लिन उनकी पत्नी मान्यता दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी पुणेस्थित यारवडा जेल पुगेका थिए ।

जेलबाट निस्केका संजय सबैभन्दा पहिला मुम्बईको सिद्दीविनायक मन्दिर अनि आफ्नी आमाको समाधि रहेको मेरिन लाइन्स गएका छन् । त्यहाँबाट उनी घर फर्किएका छन् ।

जेलबाट निस्किदा के भने ?
जेलबाट बाहिर निस्किदै सञ्चारकर्मीको प्रश्नमा उनले ‘स्वतन्त्रताको हिँडाइ सहज नहुने’ बताए । उनले भने- अध्यारो कोठामा बस्दाको अवस्थाले बाहिर हिड्दा असहज महसुस गरिरहेको छु र गर्नेछु ।