
– विमल योगी
काठमाडौं, १३ फागुन । बुधबार राति ६ दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलका नेतालाई बालुवाटार बोलाएका छन् ।
६ दिने भारत भ्रमणको समिक्षा, भएका प्रगति र दिल्लीले दिएको कोसेली बाड्न प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा सरकार समर्थित सबै दलका नेताहरुलाई विहीबार दिउँसो तीन बजे बोलाएका हुन् ।
बालुवाटारमा बस्ने सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले भारतको भ्रमणबारे विफ्रिङ समेत गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सत्तारुढ दलहरुको बैठक तीन बजे बालुवाटार बस्ने जानकारी दिए । ओली नेपाल-भारत सम्बन्ध सुर्धान फागुन ७ गते भारत भ्रमणमा गएका थिए ।
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेताहरु, राप्रपा, राप्रपा नेपाल, नेमकिपा लगायतका दलका शीर्ष नेताहरु र दिल्ली भ्रमणमा गएका मन्त्रीहरु पनि सहभागी हुनेछन् ।












प्रतिक्रिया