७ कार्तिक २०८३, शनिबार

सरकारले फेरि बढायो तलब, कसको कति पुग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyकाठमाडौं, १३ फागुन । सरकारले फेरि केही क्षेत्रका कर्मचारी तथा मजदुरहरुको तलब बढाएको छ ।

निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्ट्रिसिएन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको हो ।

केन्द्रीय तथ्यांक विभागले हरेक जर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्ट्रिसिएनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको छ ।

अघिल्लो वर्ष पनि दुवैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो ।

पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०.८६ प्रतिशतले वृद्धि भएको छ ।

विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत विभिन्न ८ क्षेत्रको ज्याला/तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्दछ । निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई इन्जिनियर, सबइन्जिनियर, सुपरभाइजर, मेसन, कार्पेन्टर, लेबर, इलेक्ट्रिसिएन र पेन्टरमा विभाजन गरेको छ ।

यो क्षेत्रमा सबैभन्दा कम ज्याला इन्जिनियरको बढेको छ । त्यसपछि कम ज्याला वृद्धि हुनेमा मेसन पर्छन् । कारोबार दैनिकमा समाचार छ ।