
काठमाडौं, १३ फागुन । अस्ट्रेलियाबाट सात दिनअगाडी मात्रै स्वदेश फर्किएकी सिनियर पाइलट रोशन मानन्धरकी दिदी तिमिलाले भाइलाई भेट्न पाइनन् ।
तिमिला विदेशबाट फर्किएर माइतीघर पुगे पनि उडानमा व्यस्त रहेका भाइ रोशनलाई भेट्ने इच्छा भने इच्छामै सीमित रह्यो ।
‘अस्ट्रेलियाबाट फर्किएर माइत आएकी थिएँ तर भाइलाई भेटन् पाँइन । आज अकस्मात् यस्तो खबर सुन्नुपर्यो,’ तिमिलाले बुधबार अपराह्न आँसु पुछ्दै भनिन् ।
मंगलबार मात्रै परिवारबाट बिदा भएर पोखरा हिँडेका रोशनको बुधबार बिहान अचानक आफैँले उडाएको जहाज दुर्घटनामा परी निधन भएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया