१५ कार्तिक २०८३, आइतबार

बस दुर्घटनामा एघार घाइते, चार गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

ताप्लेजुङ, १३ फागुन । ताप्लेजुङको आम्बेगुदिनदेखि झापाको बिर्तामोडका लागि छुटेको विशाल यातायातको यात्रुबाहक बस आज बिहानै दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालकका सहयोगी सहित चारजनाको अवस्था गम्भीर रहेको छ ।

आम्वेगुदिनको हप्पुखोलाबाट ३० जना यात्रु लिएर छुटेको विशाल यातायातको मे १ ख १७९९ नंको बस आम्बेगुदिन तीनस्थित सडकबाट करिब २५ मिटर तल खसेको स्थानीयवासी पवन विकले बताएका छन् ।

सोही दुर्घटनामा इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी इन्द्र कटुवाल, पेदाङ–८ का २२ वर्षीय ध्रुव विक, पेदाङ–६ का धनप्रसाद मावो, पेदाङ–८ का ललिता माबो, खेवाङ–९ का १८ वर्षीय रञ्जीत लिम्बू, सोही स्थानका ३४ वर्षीय सन्तकुमार लिम्बू, ३६ वर्षीया रीता लिम्बू, झापा शनिअर्जुन नगरपालिकाका ४१ वर्षीय टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का ७४ वर्षीय जगन्नाथ भट्टराई र उनकी श्रीमती ५४ वर्षीया नरमायाँ भट्टराई घाइते भएका छन् ।

घाइतेमध्ये झापा शनिअर्जुन नगरपालिकाका टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का जगन्नाथ भट्टराई र उनकी श्रीमती नरमायाँ भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुलाई पाँचथरबाट पुगेको एम्बुलेन्सले उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा पु¥याएको छ । उनीहरुको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कच्ची र साँघुरो बाटो भएका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ । रासस