२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा आज ‘मल्लयुद्ध’ होला ? पौडेललाई घेर्ने देउवा समूहको यस्तो छ रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Poudel-congressकाठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा ११ बजेपछि बस्नेछ ।

आजको बैठकमा १३औँ महाधिवेशनका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेलद्वारा पेश गरिएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । नीति तथा कार्यक्रमको प्रतिलिपि अघिल्लो बैठकमा सदस्यहरूलाई वितरण गरिएको थियो ।

यसैबीच, आजको बैठकमा संस्थापन पक्षले पदाधिकारी बढाउने प्रस्ताव पेस गर्ने तयारी गरेको छ । संस्थापन समूहले आफ्ना बरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्न पदाधिकारी बढाउने गृहकार्य थालेपछि नेता शेरबहादुर देउवा समूह त्यसको विरोधमा लागेको छ ।

पदाधिकारी बढाउने प्रस्ताव ल्याइए जोडदार रुपमा बिरोध गर्ने देवापक्षीय केन्द्रीय सदस्य डा.प्रकाश शरण महतले बताए । उनले भने, ‘अहिले पदाधिकारी बढाउने होइन । त्यसको आवश्यक्ता छैन ।’

उता, संस्थापन समूहका केन्द्रीय सदस्य दीपक गिरीले मुलुक संघीयतामा गइसकेको र धेरै कार्यकर्तालाई समेट्नका लागि पनि समयको आवश्यक्ताअनुसार अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘पदाधिकारी बढाएर जाँदा कुनै समस्या हुँदैन । पार्टी पनि ठूलो भएको छ । यसलाई व्यवस्थापन गर्न पदाधिकारी बढाउनु उपयुक्त हुन्छ ।’

पदाधिकारी बढाएपछि संस्थापन समूह बलियो हुने र एकजुट भएर आउने देखेपछि देउवा समूहले त्यसलाई विरोध गरिरहेको छ । देउवा समूहलाई संस्थापनकै केही नेताहरूले साथ दिइरहेका छन् । यसरी साथ दिनेमा महामन्त्री कृष्णप्रसाद सिटौला पनि छन् । सिटौला यस पटक पौडेललाई सभापतिमा जसरी पनि रोक्न लागेका छन् ।