काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ग्यास विक्रेतामध्ये ८४ प्रतिशतभन्दा बढी ग्यास पसल अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
ग्यास बिक्रेताले सम्पूर्ण पूर्वाधार तयार पारी वाणिज्य विभाग र नेपाल आयल निगमले प्रमाणीकरण गर्नु पर्ने भएपनि १६ प्रतिशतले मात्र गरेको देखिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
ग्यास सञ्चालनका लागि विभागमा दर्ता भएका ५ हजार विक्रेतामध्ये ८०० मात्र कानुनबमोजिम पूर्वाधार तयार नभई सञ्चालनमा छन् ।
ग्यास उद्योगीले प्रमाणीकरण गरे नगरेको वास्ता नगरी विक्रेतालाई धमाधम ग्यास दिन् गर्छन् ।
प्रमाणीकरण गरेका भन्दा नगरेका विक्रेतालाई बढी ग्यास दिने गरेको पाइएको छ ।
यसले गर्दा अबैध काम गर्ने विक्रेतालाई प्रोत्साहन पुगेको ग्यास विक्रेता संघले जनाएको छ ।
नेपाल आयल निगमको निर्देशिका २०६८ मा वाणिज्य विभाग र निगमले ग्यास विक्रेताको पूर्वाधारको प्रमाणीकरण गरेपछि मात्र बिक्री गर्न पाइने प्रवाबधान छ ।















प्रतिक्रिया