काठमाडौं, १३ फागुन । ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी ओली बुधवार राति स्वदेश फर्किए । तर प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ ।
नयाँ संविधानको ब्याख्यामा साझा शब्द राख्न नसक्दा र दुई देशवीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार नभएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
विज्ञप्तिमा के राख्न मानेन भारतले ?
नेपाली अधिकारीहरुले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बाँकी विषयमा पनि छलफलबाट समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए ।
तर भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो ।
मोदीले नयाँ संविधान उल्लेखनीय उपलब्धी भएको र यसको सफलता सवै पक्षको आवान समेट्दा मात्रै हुनेभन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए ।
तर भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त वक्तव्य नआएको कुटनीतिक स्रोतहरुले बताएका छन् ।















प्रतिक्रिया