भक्तपुर, १२ फागुन । एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परिषद्ले आज परीक्षाफल सार्वजनिक गर्दै मौका परीक्षामा सहभागी भएका ४७ हजार ६१० परीक्षार्थीमध्ये ४१ हजार १५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस












प्रतिक्रिया