२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफल भएकै हो त ? यो विषयमा मोदीसँग कुरा मिलेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Modi

– ऋषि धमला
नयाँ दिल्ली, १२ फागुन । नेपालका कार्यकारी प्रमुख भारत भ्रमणमा जाँदा संयुक्त बक्तब्य जारी गर्ने परम्परा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा तोडिएको छ ।

प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । त्यसअघि नै दुई देशको संयुक्त प्रतिबद्धतासहितको संयुक्त बक्तब्य जारी हुने अनुमान गरिएको थियो । तर, नेपालमा जारी भएको संविधानलाई के भन्ने भनि सहमति जुटन नसक्दा संयुक्त बक्तब्य जारी नभएको हो ।

स्रोतका अनुसार नेपाली पक्षले नेपालको संविधानसभाले जारी गरेको संविधानलाई भारतले निःशर्त स्वागत गर्नुपर्ने अडान राखेको थियो भने भारतले प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि दिएको अभिब्यक्तिकै आधारमा राख्नुपर्ने अडान लिएको थियो । भारतले नेपालको राजनीतिक समस्या समाधान नभएकोले अहिले नै निःशर्त स्वागत गर्न नसकिने अडान राखेको थियो । सोही कारणले संयुक्त बक्तब्य जारी हुन नसकेको हो ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रे र भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले संयुक्त बक्तब्य जारी नहुने पुष्टि गरे । संयुक्त विज्ञप्ति नआउनुमा नेपाल-भारतबीच चिसिएको सम्बन्धमा सुधार नभएको देखाउने र सम्बन्ध सुधारका लागि भारत गएका ओलीको भ्रमण असफल भएको टिप्पणी नेपाली राजनीतिक बजारमा सुरु भएको छ ।