२४ कार्तिक २०८३, मंगलबार

तारा एयरको विमान दुर्घटनाको दोषी को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TARA_AIR

– कालिका खड्का/सिबी अधिकारी
काठमाडौँ, १२ फागुन । आन्तरिक उडानमा हालसम्मकै अत्याधुनिक उपकरणजडित तारा एयरलाएन्सको दुःखद दुर्घटना भएको छ ।

हवाई सुरक्षामा विशेष सतर्कता अपनाई त्यसअनुरुप आधुनिक प्रविधियुक्त जहाज दुर्घटना हुनाले मुलुकको हवाई सुरक्षामाथि कडा चुनौती थपिएको छ । एकपछि अर्को हवाई दुर्घटना बढ्नाले नेपालको हवाई आकाश असुरक्षित रहेको देखिन्छ ।

हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा आधुनिक प्रणालीजडित विमान र अनुभवी चालक नै दुर्घटनामा पर्ने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको अनुभवमा हालसम्मका दुर्घटनाको प्रकृति हेर्दा राम्रा, उच्च प्रविधिजडित र अनुभवी चालक रहेको विमान नै दुर्घटनामा पर्ने गरेका छन् ।

तारा एयरको पछिल्लो दुर्घटना त्यसको ज्वलन्त उदाहरण हो । ताराले हालै भित्र्याएका दुई ट्वीनअटरमध्ये दुर्घटनामा परेको अत्याधुनिक उपकरण जडित महँगो विमान हो । तारा एयरले गत असोज ९ गते कल साइन नाइन एन–एएचएच विमान क्यानडाबाट खरिद गरेर ल्याएको थियो । विमानको उपकरण मात्र नभई विमान चालक क्याप्टेन रोशन मानन्धर ३० वर्षका अनुभवी चालक थिए ।

तारा एयरका व्यवस्थापक भीमराज राईले अत्याधुनिक प्रविधिजडित विमान दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो । “हवाई सुरक्षाका बारेमा हामी गम्भीर छौँ, यो गल्ती मानवीय नभई मौसमको खराबीले हो”– उहाँले भन्नुभयो ।

सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी नेपालको एक मात्र एअरलाइन्सको प्रमाणपत्र भर्खरै पाएको तारा एयरको विमान पोखराबाट जोमसोमका लागि आज बिहान उडेकामा विमान सोलीघोप्टेमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले तारा एयरको दुर्घटनाले निकै मर्माहत बनाएको बताउँदै मौसमको खराबीका कारण दुर्घटना भएकाले आगामी दिनमा हवाई सुरक्षाप्रति थप ध्यान पु¥याइने दृढता व्यक्त गर्नुभयो । रासस

यसो भन्छन्– महावीर पुन
म्यागासेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले कर्मचारीहरुको लापरवाही र निस्कृयताको कारण पनि जोमसोम जाँदै गरेको जहाज दुर्घटनामा परेको बताएका छन्। तारा एयरको जहाज दुर्घटनामा परेपछि फेसबुकमा पुनले पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको उदाहरण दिदै उनीहरुको कारण पनि दुर्घटना भएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छनः ‘हामीले Nepal Wireless मार्फत सन २०१० मा मुस्ताङगको लेते नजिकैको लार्क्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा Vaishali भन्ने बिश्व प्रख्यात weather station र IP camera हरु हवाईजहाजहरुको लागि मदत होस् भनेर जडान गरेको थियौं। ति उपकरणहरु बाट इन्टरनेट मार्फत फ्लाईट रुटको real time video र weather information लिन सकिन्थ्यो। त्यसको लागि AIT Bangkok र ACAP बाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन। ति उपकरणहरु चलाउनुस भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि थियो। तर त्यसको उपयोग गरेनन। तीन बर्ष पछि ति उपकरणहरुले सम्भार नभएर काम गर्न छोडे। ति उपकरणहरु उपयोग गरे बापत कुनै शुल्क लगाइएको थिएन।
अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा IP camera हरु छन् र एउटा weather station छ। सो क्यामेराहरु र weather station हवाईजहाजहरुको लागि नै भनेर राखिएको हो। मैले पोखरा विमानस्थलमा गएर ति क्यामेराहरुको IP address र weather station को लिंक पनि दिएकै हो। तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन। मैले त्यो सुबिधा फ्रीमा उपलब्ध गराएको हो। नपत्याए हेर्नुहोस्। एउटा क्यामेराको IP 202.166.211.43, user – admin, password qwert12345 हो। weather station को लिंक http://legacy.weather.weatherbug.com/…/OnlineWeatherCenter.… हो। केहि कुरा भए mahabir@himanchal,org मा लेख्नु होला। नोट: क्यामेरा लाई Mozilla Firefox बाट खोल्नु होला. Chrome बाट खुल्दैन।’