काठमाडौँ, १२ फागुन । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी सङ्कायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिविले जागिर दिने भएको छ ।
अनेरास्वियु (क्रान्तिकारी) ले आज यहाँ आयोजना गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन विश्वविद्यालयको भविष्य’ विषयको अन्तत्र्रिmया कार्यक्रममा त्रिविका उपकुलपति तीर्थराज खनियाले अबका दिनमा प्राध्यापक नियुक्त गर्दा राजनीतिक भागबन्डाले नभई प्रतिस्पर्धाका आधारमा गरिने तथा करार र ज्यालादारी प्राध्यापक नियुक्ति नगरिने स्पष्ट पार्नुभयो ।
सो अवसरमा अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले त्रिविमा प्राध्यापक नियुक्त गर्दा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने माग गर्नुभयो ।
त्रिविका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयको व्यवस्थापन राम्रो हुन देशमा राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो । पूर्वरेक्टर महेन्द्र सिंहले उच्च शिक्षाको नीतिमा नै परिमार्जन गरिनुपर्ने सुझाव दिनुभयो । रासस












प्रतिक्रिया