१५ कार्तिक २०८३, आइतबार

कुरा नमिलेपछि श्रीमानबाट कालीको यसरी भयो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lamjung-map-लमजुङ, १२ फागुन । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा ऐलुंग–६ बस्ने ५१ बर्षीय गोपीलाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले फागुन ८ गते ४८ बर्षीया श्रीमती काली विकलाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा मंगलबार उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार घरझगडा र शारीरिक सम्बन्धको कुरा नमिल्दा कालीको हत्या भएको प्रारम्भिक कारण पत्ता लागेको छ ।