१ कार्तिक २०८३, शनिबार

यी नेपाली हिरोइनलाई ‘एक रातको रेट’ सोधेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Soneka-bastolaकाठमाडौं । अभिनेत्री तथा मोडल सोनिका बास्तोलाले आफ्नै ब्वायफ्रेण्डलाई पक्राउ गराएकी छिन् । प्रेम सम्बन्धमा दरार भएपछि अभिनेत्री बास्तोलाले ब्वायफ्रेण्डलाई हिरासतमा पुराएकी हुन् ।

अभिनेत्री बास्तोला र शंकर गिरीबीच लामो समयदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो । तर प्रेम सम्बन्धमा दरार पैदा भएपछि सोनिकाले शंकरलाई छाडेकी थिइन । आफुलाई ‘तँ खाते’ भन्दै सोनिकाले छोडेपछि शंकर आक्रोसित भएको जनआस्थामा उल्लेख गरिएको छ ।

प्रेम सम्बन्ध टुटेपछि शंकरले बारम्बार सोनिकालाई फोन र म्यासेज गर्ने गर्दथे । त्यही बेला एक दिन सोनिकाले ‘तँ खातेसँग कुरा गर्दिन’ भन्ने म्यासेज पठाएपछि शंकर आक्रोसित भएका थिए । आक्रोसित शंकरले उनलाई अश्लिल गाली सहितको म्यासेज र बसेको कोठामै गएर धम्कि दिन थालेका थिए । ‘तेरो रेट कति हो ? एक एक चुक्ता गरिदिन्छु’ भन्दै शंकरले धम्क्याउने गरेको उजुरी सोनिकाले प्रहरीमा दिएकी थिइन ।

प्रहरीमा उजुरी परेदेखि फरार रहेका शंकरलाई भ्यालेन्टाइन डे कै दिन प्रहरी पक्राउ गरी हिरासतमा राखेको छ ।