१५ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीको मुख्यालयभित्र मोटरसाईकलमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Ma Aagoकाठमाडौं, १२ फागुन । सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्ममा तेल हाल्दै गर्दा एउटा मोटरसाइकलमा आगलागी भएको छ ।

इञ्जिन चलेको अबस्थामा रहेको मोटरसाईकलमा बुधबार बेलुका तेल भर्ने क्रममा आगलागी भएर मोटरसाईकलमा क्षति पुगेको सशस्त्र प्रहरीका नायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिए । ‘तेल भर्ने क्रममा मोटरसाईकलको इञ्जिन इस्टार्ट रहेछ’, उनले भने, ‘पेट्रोलमा आगो सल्किएर मोटरसाईकलमा क्षति भएको छ ।’

डिएसपी छत्कुलीका अनुसार पेट्रोल पम्ममा कुनै क्षति पुगेको छैन । मोटरसाईकलमा आगो लाग्नेवित्तिकै सशस्त्र प्रहरीले नियन्त्रयमा लिएको उनले बताए ।