१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

422248-kp-oli-reuters

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराबाट जोमसोमका लागि उडेको तारा एअरलाइन्सको विमान आज बिहान दुर्घटनाग्रस्त भई जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले उक्त विमान क्षतिग्रस्त हुँदा भएको मानवीय र भौतिक क्षतिप्रति आफू निकै मर्माहत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ ।

क्षतिग्रस्त विमानमा यात्रारत यात्रुका परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यसहित २३ जनाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले खोजी तथा उद्धार कार्यमा लाग्न कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई निर्देशनसमेत दिइसक्नुभएको छ ।

आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरलाइन्सको जहाज म्याग्दी दाना गाविस–२ स्थित सोली घोप्टेभीरमा दुर्घटना भएको पुष्टि भइसकेको छ । रासस