१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओली र बलिउडकर्मीबीच हाईटी संबाद, गोविन्दासँग ज्वाईको साइनो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-bollywood

काठमाडौ । आफ्नो ६ दिने भारत भ्रमणको क्रममा मुम्बई पुगेका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज बलिउडका कलाकारहरुसँग हाईटी मिटिङ्ग गरेका छन ।

नेपाल नागरिक एवम बलिउड नायिका मनिषा कोइरालाले त्यस्तो मिटिङ्ग मुम्बईको होटल हायात ग्राण्डमा राखेकी थिईन ।
सो मिटिङ्गमा बलिउड नायिका तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, मनिषा, नेपाली कलाकार सुनिल थापा सहितका करिब १ दर्जन कलाकारहरु सहभागी थिए ।

मिटिङ्गमा प्रधानमन्त्रीसँग बलिउड कलाकारहरुले फोटो सेसन गर्नुका साथै केही समय रमाईलो कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीको कुरालाई ध्यानपूर्वक सुनेका बलिउड कलाकारहरु प्रधानमन्त्रीको रमाईलो अभिब्यक्तिमा मज्जैले हासेको देखिन्थे । मिटिङ्ग स्थल पुग्दा प्रधानमन्त्रीले स्वागत गर्न बसेकी मनिषालाई ‘के छ मनिषा जी भनेर हाल खवर सोधेका थिए । त्यसपछि ओलीले काठमाडौ कहिले आउनु हुन्छ भनेर सोधेका थिए । मनिषाले कांग्रेसको महाधिवेशन अघि नै काठमाडौ आउने जवाफ दिएकी थिईन ।

भेटमा सहभागी पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायक गोविन्दाले आफू छिट्टै श्रीमति सुनितालाई लिएर काठमाडौ आउने जानकारी दिए । जितेन्द्रले आफू बारम्बार काठमाडौ आउने गरेको उल्लेख गर्दै पशुपति नाथको दर्शन गर्न छिट्टै काठमाडौ आउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गोविन्दालाई ‘हाम्रा ज्वाई गोविन्दालाई स्वागत छ’ भन्दै स्वागत गरेका थिए । गोविन्दाकी श्रीमती नेपाली मूलकी भएकीले उनले यस्तो भनेका छन् ।

उनले कार्यक्रममा कलाकारहरुलाई सम्वोधन गर्दै आफूले फिल्म दुनियाँमा आएको महसुस भएको बताएका थिए । साथै, बलिउड कलाकारहरुलाई नेपालमा सुटिङका लागि आउन पनि निम्ता दिएका थिए ।