१५ कार्तिक २०८३, आइतबार

रंगशालामा वृहत ऐतिहासिक चंगाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm

काठमाडौँ । विश्वास गर्नुहोस्, निको हुनुहोस्, प्रशंसा गर्नुहोस्, प्रचार गर्नुहोस् (वि.नि.प्र.प्र) सेवाकाई नेपालको आयोजनामा ७ फागुनमा दशरथ रंगशालामा वृहत चंगाई कार्यक्रम भएको छ । काठमाडौँ र आसपासका २५ जिल्लाका झन्डै ५० हजार भन्दा बढी शारीरिक तथा मानसिक बिरामीहरु कार्यक्रममा सहभागी भएका थिए भने हजारौँले चंगाई पाएका थिए । राष्ट्रिय वक्ताका रुपमा चर्चित परमेश्वरका दास, अभिसिक्तजन पाष्टर चेतबहादुर खरेलले हजारौँ बिरामीहरुलाई चंगाईमार्फत निको पार्नु भएको थियो ।

कार्यक्रममा पवित्र आत्माका रुपमा तीनवटा ढुकुर उडाइएको थियो भने २५ जिल्लामा चंगाई कार्यक्रम सम्पन्न भएको प्रतीकस्वरुप २५ वटा बेलुन पनि उडाइएको थियो । कार्यक्रम सुरु हुनुअघि ललितपुरको जावलाखेलबाट वृहत् शान्ति ¥याली सुरु भएर रंगशालामा आइपुगेको थियो । यस्तै, ललितपुरकै भैँसेपाटीबाट सुरु भएको मोटरसाइकल ¥याली पनि प्रभुको महिमा गाउँदै रंगशालामा समिश्रण भएको थियो । आयोजक संस्था वि.नि.प्र.प्र. सेवाकाई नेपालका अनुसार, ५० हजार भन्दा बढी इसाई समुदायको सहभागिता रहेको कार्यक्रममा हजारौँ गैरइसाईको पनि उपस्थिति थियो भने उनीहरुले चंगाई कार्यक्रममै सहभागी भएर प्रभुको शक्ति प्रत्यक्ष अवलोकन गरेका थिए र आश्चर्यचकित भएका थिए ।
कार्यक्रममा अस्पतालबाट अक्सिजनका सिलिन्डरसहित आएका बिरामीहरुको सहभागिता उल्लेख्य थियो । उसो त अस्पतालका बेडबाट सिधै रंगशाला आइपुगेका बिरामीहरु पनि ठूलो मात्रामा कार्यक्रममा सहभागी देखिन्थे । ह्विल चियर र बैशाखीको सहारामा आउनेको संख्या पनि उल्लेख्य थियो । राष्ट्रिय वक्ता पाष्टर चेतबहादुर खरेल भनिरहनु भएको थियो, ‘जसले मनदेखि विश्वास गरेका थिए, उनीहरुमध्ये नै आज कान नसुन्नेहरुले सुन्न सक्ने भएका हुन्, जन्मिँदै आँखा नदेख्नेहरु पनि आँखा देख्न सक्ने भएर गएका छन् अनि ह्विल चियर फालेर हिँडेकाहरु तपाईंहरुकै अगाडि उदाहरण छन् ।’ उसो त मानसिकरुपमा सुस्त मनस्थिति भएका पनि निको भएका सयौँ दृश्यहरु त्यो दिन राष्ट्रिय टेलिभिजनमार्फत प्रत्यक्ष देखाइएको थियो । पाँचघण्टा लामो कार्यक्रममा वि.नि.प्र.प्र. सेवाकाई नेपालका अध्यक्ष खरेल नै कार्यक्रममा मुख्य आकर्षण हुनुहुन्थ्यो, जसले हजारौँ बिरामीहरुलाई चंगाईमार्फत निको पारेर प्रभुको महिमामा सरिक गराइरहनु भएको थियो ।

रंगशालामा यस्तो वृहत, ऐतिहासिक कार्यक्रम भएको यो पहिलो थियो । जुन कार्यक्रममा खर्च भएको पैसा पनि स्थानीयबाट चन्दा संकलन गरेर जुटाइएको थियो । कार्यक्रममा खर्च भएको रकम चन्दा संकलनबाट भएको हो । जुन विश्वासीहरुले गरेको खुत्रुके दानबाट जम्मा भएको थियो र कार्यक्रममा १ हजार पाँच सय भन्दा बढी खुत्रुकेहरु प्रदर्शन गरिएका थिए । अर्थात् कार्यक्रमका लागि कुनै विदेशीको दानदातव्य थिएन भने कार्यक्रमा पुगेका सबै आश्चर्यचकित भएर प्रभुको शक्तिबारे जानकार भइरहेका थिए कि यो कुनै बनावटी कार्यक्रम थिएन । किनभने मञ्चमा यसअघि चंगाई पाइएकाहरुले छाडेका ह्विल चियर र बैशाखीहरु पनि झन्डै एक ट्रकजति संकलन भइसकेको भनेर प्रदर्शन गरिएको थियो । रंगशालामा भएको यस्तो कार्यक्रमपूर्व नेपालका २५ जिल्लामा १ सय ७८ पटक चंगाई कार्यक्रम भइसकेका छन् ।

पाँचघण्टा चलेको कार्यक्रममा क्वायर झुण्डहरुले विभिन्न भजनसंगीत प्रस्तुत गरेका थिए । ईश्वरी उपचार पद्दतिमा यो अहिलेसम्मकै ठूलो र वृहत् चंगाई कार्यक्रम थियो । कार्यक्रममा पाष्टर खरेलले भन्नुभयो, ‘आज स्वर्गीय पिता खुसी हुनुहुनेछ, अनि पवित्र आत्माले देश भरिने छ । तपाईंहरुले खरेललाई देखेर केही पाउनुसक्नुहुन्न, पवित्र आत्माले प्रभु परमेश्वरलाई देख्न सक्नुपर्दछ । यदि तपाईंहरुले येशुलाई देख्नुभयो भने जीवन पाउनुहुनेछ, चंगाई पाउनुहुने छ ।’

यसपछि आँखा नदेख्नेहरु देख्नसक्ने भए, हिँड्न नसक्नेहरु हिँड्नसक्ने भए अनि कान नसुन्ने र क्यान्सर, किड्नीपीडितहरु पनि निको भएको कार्यक्रमका अन्य सहभागीहरुले प्रत्यक्ष देखे । खरेलको दाबी थियो, ‘मानव विचार भन्दा बाहिरको स्वास्थ्यउपचार ईश्वरीय उपचार हो । परमेश्वरको पुत्र येशु ख्रिष्ट २००० वर्षअगाडि पवित्र आत्माले भरिनुभएकाले मानिसको जीवनमा प्रभु येशुको महिमा हुन जरुरी छ ।’

पाष्टर खरेल एउटा यस्तो विशेष प्रार्थना गर्नु भयो । जहाँ भनिएको थियो, ‘यसपछि परमेश्वरको शक्ति प्राप्त हुनेछ र सबै बिरामी धमाधम निको हुनेछन् ।’ अनि कार्यक्रममा भनिएको थियो, ‘यहाँ धर्म प्रचार भइरहेको छैन, प्रभुको जीवनको प्रचार छ । ज्योतिको प्रचार छ ।’ यसपछि कार्यक्रममा यस्ता दृश्यहरु धमाधम देखिए, ‘जहाँ आँखा नदेख्नेहरुको आँखा छोइएपछि देख्नसक्ने भए । यस्तै, कान नसुन्नेहरु सुन्नसक्ने भए । बोल्न नसक्नेहरु बोल्न थाले । ह्विलचियरमा भएकाहरु उठेर हिँड्न थाले । क्यान्सर, किड्नी र मुटु रोगीहरु पनि चंगाई पाएर निको महसुस गर्न थाले । ’

कार्यक्रममा सानैदेखि आँखा कम देख्ने मानिसले पूर्णरुपमा आँखा देख्नसक्ने भएको बताए र उनले प्रभुलाई धन्यवाद् दिए । अर्का एक वृद्धले दुईवर्षदेखि आँखा नदेखेको र चंगाईपछि देख्नसक्ने भएको सुनाए । लालबहादुर नाम गरेका मानिस जो भूकम्पले घर भत्किएपछि मानसिक सन्तुलन गुमाएका थिए, उनले पनि चंगाई प्राप्त गरेको सुनाए । चंगाईपछि एक महिलाले भनिन्, ‘तीनवर्षदेखि रगत बग्ने समस्या थियो, बन्द भयो ।’ चारमहिना अघिदेखि एउटा खुट्टा नचल्ने महिलाले पनि लठ्ठी छाडेर गइन् । प्यारालाइसिस भएका अर्का मानिस चंगाईपछि ह्विलचियर छाडेर गए । कमला नाम गरेकी महिलाले २२ वर्षपछि कान सुन्न सफल भएकामा खुशी व्यक्त गर्दै परमेश्वरलाई धन्यवाद् दिइन् । सातवर्षसम्म हिँड्न नसक्ने बालिका पनि हिँड्नसक्ने भइन् । पाष्टर खरेलले दोहो¥याउनु भयो, ‘यशुलाई विश्वास गर्नुहोस्, निको हुनुहोस्, प्रसंशा गर्नुहोस्, प्रचार गर्नुहोस्, यो धर्म प्रचार होइन, परमेश्वरका लागि हो । मुक्तिका लागि हो ।’

कार्यक्रममा पा. खरेललाई मिसन मण्डली, राष्ट्रिय ख्रिस्टियन महासंघको विशेष प्रार्थनाद्वारा राष्ट्रिय वक्ता घोषणा गरिएको थियो । साथै, इसाई नारी समूह, स्वतन्त्र विश्वव्यापी मण्डली, ख्रिष्टियन महासंघ, एनसिएफ नेपाल, नेसनल पास्टर फेलोसोफी, जनजागरण पार्टीका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा.केबी रोकाया, समाजसेवी दिलशोभा श्रेष्ठले उत्साहका शब्दसहित मन्तव्य राखेका थिए ।
पाष्टर खरेल परमेश्वरको अनुग्रहमा आशीषित वक्ता हुनुहुन्छ । उहाँ चंगाईको वरदान प्राप्त अभिन्यता पनि हुनुहुन्छ । उहाँको जीवनमा आएको अकल्पनीय आश्चर्यकर्मका निम्ति थुप्रैले परमेश्वरलाई लगातार धन्यवाद् दिइरहेका छन् । खरेलले हजारौँ रोगीलाई निको पार्नु भएको छ । उहाँको अभियान २५ भन्दा बढी जिल्लामा चलिसकेको छ । उहाँ विभिन्न संघसंस्थाद्वारा राष्ट्रिय वक्ता घोषित पात्र पनि हुनुहुन्छ ।