१ कार्तिक २०८३, शनिबार

प्रचण्डकी नातिनी होइन, गायिका स्मीता दाहाल !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smita_Dahalकाठमाडौं । चिनियाँहरुले भन्छन्- एउटा चराले गीत गाउन सक्तैन यसको एउटा उत्तर छ की यसले गाइरहेको हुन्छ किनभने उसँग सँधै गीत हुन्छ । गायन सृजनात्मक अभ्यास मात्रै होइन, भगवानले दिएको वरदान मानिन्छ । जव वरदानमा अभ्यासको जादुमयी आवाजहरुको प्रवेश हुन्छ अनि जन्मिन्छन्, स्मीता दाहालहरु । ‘कतिपय अवसरको कुरा हुन्छ, कतिपय अभ्यासको कुरा हुन्छ तर दुवैको तारतम्य मिल्यो भने स्वरको स्पष्ट नतिजा बजारले पाउँछ’, संगीतकार चेतन सापकोटाले भने,‘गायीका स्मिता दाहालको स्वरको प्रशंसा शव्दमा गर्न सकिँदैन, उनका आवाजले नै उनको क्षमतालाई प्रदर्शन गरिरहेको छ ।’

११ वर्षको उमेरमा नै गीती एल्बम निकालेकी स्मीता दाहालको परिचय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीमा मात्रै सीमित रहेन, अब । उनको उदयमा जोडिएको प्रचण्डको नामभन्दा पनि स्वरकोे परिचय बलियो बनेको छ । सानै उमेरदेखि गायनमा प्रखर स्मीता बजारमा त्यतिबेला चर्चामा आइन जब उनी ११ वर्षकी थिइन् र उनको एल्बम नै बजारमा आयो । त्यसपछि उनको व्यावसायीक गायन यात्राले गति लियो । उनी नयाँ एल्बमको तयारीमा रहँदै गर्दा, पहिलोपटक फिल्मको गीतमा छाडेको स्वरले विश्वबजारमा रहेका नेपालीको मन हल्लाएको छ । सापकोटाको निर्माण र संगित पनि रहेको ‘भाग सानी भाग’ फिल्मको टाइटल गीतमै स्मीताको स्वर छ । ‘अति राम्रो गीत बनेको छ, स्रोता र दर्शकले स्मीताको स्वरलाई धेरै मन पराएका छन् ।’, संगीतकार सापकोटाले भने ।

भनिन्छ, जो गाउनका लागि इच्छाइरहेका हुन्छन्, उनीहरुले गीतलाई सहजै भेट्छन् । स्मीताको जीवनपनि यसरी नै अघि बढेको छ । १७ वर्षको उमेरमा दौडँदैगरेकी स्मीताका अगाडी अहिले गीतहरु सामुन्नेमा छन्, उनी गाइरहेकी छन् । गायन उनको ‘प्यासन’ हुनु यसका स्वभाविक प्रभाव हुन् ।

महान् लेखक रविन्द्रनाथ टैगोरले भनेका छन्- एउटा गायकभित्र सवैकुरा हुन्छ, नोटहरु उसको जीवनमा आइरहन्छन्, त्यसका लागि बाहिरबाट बाध्यबाधनहरु भेला पार्न आवश्यक छैन । त्यस्तै स्मीताको गायनयात्रमा पनि बाध्यबाधनहरु सामान्य विषय भए । उनी २ वर्षको उमेरदेखि नै गायनमा पोख्त भएको उनका परिवारहरुले सम्झाउने गर्छन्, स्मीतालाई । यहि उदाहरण उनले पेस गर्दैगर्दा गायनमा रुची भएको नीजि सम्झना भने आफ्नो उमेर ५/६ वर्षको हुँदा मात्रै थाहा पाएको बताउँछिन्, उनी । उनले भनिन्,‘त्यहिबेला देखि नै ठूलो भएपछि गायीका हुने रहर ममा जागेर आएको थियो, अहिले त्यहि रहरको संघर्षको यात्रामा छु ।’

संगीतका लागि कुनै ठाउँ र सीमाहरु हुँदैनन् । गाउनका लागि कुनै परिधिहरु तोकिएका हुँदैनन् । त्यसैले दार्जिलिंगमा जन्मिएकी स्मीताले प्राथमिक शिक्षा लिँदा लिँदै पनि घरमा, बाटोमा, बेडरुममा, स्कुल आउँदा जाँदा गुनगुनाइरहने गर्थिन् ।

स्मीताका हजुरबुवा प्रचण्डको इच्छा पनि उनी राम्रो र सफल गायीका बनुन् भन्ने छ । उनको गीतमा कहिलेकाँही प्रचण्ड लीन भएर सुन्छन् । ‘हजुरबुवासँग समय मिलाएर कुरा हुन्छ । उहाँ मेरो गाउने कलाको तारिफ गर्नुहुन्छ । नातिनी भविष्यमा राम्रो गायिका बनोस् भन्ने इच्छा उहाँको छ । त्यस्तै हजुरआमा, ममी, ठूलोममी, मामा सबै खुसी हुनुहुन्छ । सबैले शुभकामना दिनुहुन्छ ।’

प्रचण्डकी नातिनी भएका कारणले नै उनले सानो उमेरमा मिडियामा स्थान जमाउन सफल भइन् । तर, आफुमा भएको गायन क्षमतालाई ओझेलमा राखेर परिचय बटुल्ने पक्षमा छैनन्, स्मीता । ‘सधैं परिवारको ठूलो मान्छेको नामबाट मात्र चिनिएर काम हुँदैन । म आफूलाई भविष्यमा ‘गायिका स्मिता’ भनेर चिनाउन चाहन्छु । स्मिताकै नामबाट अलग परिचय बनाउन चाहन्छु ।’ उनको चाहनाअनुसारै अहिले उनको क्षमता पनि देखिन थालेको छ । गायनलाई निरन्तरता दिएकी उनले फिल्ममा पनि गीत गाएर चर्चा पाउन थालेकी छन् ।